china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल र चीनबीचको ऐतिहासिक भेटघाटको 16 सय वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना हुने भएको छ।
    (GMT+08:00) 2009-07-22 18:10:36    

         नेपाल र चीनबीचमा मैत्रीपूर्ण भेटघाट सुरु भएको यो वर्ष 16 सय वर्ष पुग्दैछ। दुई देशबीचका विद्बानहरुले भ्रमण आदानप्रदान गरी सम्बन्ध सुरुआत गरेको 16 सय वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना हुने भएको छ।

             चीनका लागि नेपाली राजदूत टंक कार्कीले सि.आर.आई.सँग कुरा गर्दै सो अवसरमा विभिन्न कार्यक्रम अगाडि सारिएको बताउनुभयो। राजदूत कार्कीका अनुसार चीनको संग्रहालयमा राखिएको बुद्धको दाँतलाई काठमाडौँमा प्रदर्शन गर्नका लागि नेपाल सरकारले चीन सरकारसँग अनुरोध गरिसकेको छ। त्यसैगरी काठमाडौँमा चिनियाँ मेलाको आयोजना गरी लु सुन संग्रहालयको पनि प्रदर्शनी गर्ने तयारी भइरहेको उहाँले जानकारी गराउनु भयो।

             चीनको साङतोङ प्रान्तको छिन्दाओमा नेपाली वुद्धधर्मका विद्बान वुद्धभद्रको प्रतिमा स्थापना गरिने भएको छ। नेपालमा जन्मिएका वुद्धभद्रले 16 सय वर्ष पहिले चीनमा गएर वौद्धधर्मको प्रचारप्रसार गर्दै जीवन बिताएका थिए।

             काठमाडौँ आउनु भएका नेपाली राजदूत कार्कीले नेपाल सधैँ एक चीनको नीतिमा अडिग रहेको पनि उल्लेख गर्नुभयो। राजदूत कार्कीले एक चीन नीति भनेकै नेपालको भूमि चीन बिरोधी गतिविधिमा प्रयोग गर्न नदिने हो भनेर स्पष्ट पार्नुभयो । उहाँ आगामी सोमबार चीन फर्कदै हुनुहुन्छ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040