china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    यही जुलाई 31 तारिखमा काठमाडौँस्थित चिनियाँ दूताबासल एक कार्यक्रमको आयोजना गर्ने भएको छ।
    (GMT+08:00) 2009-07-23 17:58:28    

          नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको 54औं वार्षिकोत्सवका अवसरमा चिनियाँ दूताबासले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

               चिनियाँ दूताबासको संस्कृति विभागका प्रमुख फान गोपिङ्गले सि.आर.आई.लाई बताउनु भए अनुसार 31 तारिख बेलुका रात्रिभोजको आयोजना गरी दुई देशबीच स्थापना भएको कुटनीतिक सम्बन्धको 54औं वार्षिकोत्सव मनाउन लागिएको हो।

               दूताबासभित्रको चिनियाँ सैनिक सम्पर्क शाखाको आयोजनामा हुने सो कार्यक्रममा नेपाल सरकारका प्रधानमन्त्री, मन्त्रीहरु, संविधानसभाका अध्यक्ष तथा उच्च तहका नेताहरुलाई आमन्त्रण गरिएको छ। नेपाली सेनाका प्रधानसेनापति तथा सैनिक उच्च अधिकारीहरुलाई पनि कार्यक्रममा सहभागी हुनका लागि निमन्त्रणा गरिएको छ। त्यसैगरी नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुखहरु, पत्रकार तथा विभिन्न पेशाका व्यक्तिहरु पनि कार्यक्रममा सहभागी हुने चिनियाँ दूताबासले जनाएको छ। नेपालका लागि चिनियाँ राजदूत छ्‍वु कोहोङ्ग हाल चीनमा रहनु भएको भए पनि उहाँ 30 तारिख काठमाडौँ फर्कनु हुनेछ।

              चीनले नेपालसँगको सम्बन्धलाई सँधै उच्च महत्वका साथ हेरेको र दुई देशबीच औपचारिक रुपमा स्थापित कुटनीतिक सम्बन्धलाई पनि एउटा ऐतिहासिक महत्वका रुपमा लिइएको दूताबासको संस्कृति विभागका प्रमुख फानले बताउनुभयो।

              चिनियाँ दूताबासले आयोजना गर्ने सो रात्रिभोजको कार्यक्रममा 30 तारिखदेखि नेपाल भ्रमणमा रहने चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रतिनिधिमण्डल पनि सहभागी रहनेछ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040