
"सि.आर.आइका चिनियाँ तथा विदेशी पत्रकारहरुको चीनको सिमावर्ती क्षेत्रको भ्रमण" अन्तर्गत भित्री मंगोलिया भ्रमणको शुरुवात समारोह आज हुहहोटमा आयोजित भयो। भित्री मंगोलिया स्वायत्त प्रदेशका एक पदाधिकारी ऊ लान र चिनियाँ अन्तर्राष्ट्रि रेडियो स्टेशनका प्रमुख वाङ्ग कंग न्येनले सो समारोहमा भाग लिनुभएको थियो।

बीस जनाभन्दा बढी सि.आर.आइका चिनियाँ तथा विदेशी पत्रकारहरु रहेको प्रतिनिधि मण्डलले आगामी दश दिनसम्म इरिन्होट ,सिलिनहोट आदि ठाउँ गएर चीन-मंगोलिया सिमावर्ती क्षेत्रको विकास, चीन-मंगोलिया मैत्री सम्बन्ध, जातिय एकिकता, पर्यावरण आदि अवस्थाबारे रिपोर्ट गर्ने छ।
|