china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिका दक्षिण पूर्व एशियामा फिर्ता त्यसको परराष्ट्र रणनीतिको ठूलो परिवर्तन हो
    (GMT+08:00) 2009-07-23 17:59:06    

               अमेरिकी परराष्ट्र मन्त्री हिलारी क्लिन्टनले हिजो थाइल्याण्डको फुकेटमा अमेरिका सरकारका तर्फबाट आशियानका सदस्य मुलुकका परराष्ट्र मन्त्रीसित "दक्षिण पूर्व एशिया मैत्रीपूर्ण सहयोग सन्धि"मा अमेरिका सम्मिलित हुने दस्तावेजमा हस्ताक्षर गर्नुभयो । जुन अमेरिका औपचारिक रुपमा सो सन्धिमा सम्मिलित हुने प्रतीक हो। चिनियां अन्तर्राष्ट्रिय समस्या अनुसन्धान प्रतिष्ठान अन्तर्गतको एशिया प्रशान्त क्षेत्रबारे अध्ययन कार्यालयका विशेषज्ञ शन् श सुन्‌का अनुसार अमेरिका उक्त सन्धिमा सम्मिलित हुनुको मतलब अमेरिकाको परराष्ट्र नीतिको ठूलो परिवर्तन हो। जुन अमेरिकाको परराष्ट्र रणनीतिमा दक्षिण पूर्व एशियाको स्थान माथि बढेको प्रतीक हो ।

               शन् श सुन्‌का अनुसार अमेरिकी परराष्ट्र मन्त्री हिलारी क्लिन्टनले हिजो थाइल्याण्डको फुकेटमा अमेरिका सरकारका तर्फबाट आशियानका सदस्य मुलुकका परराष्ट्र मन्त्रीसित "दक्षिण पूर्व एशिया मैत्रीपूर्ण सहयोग सन्धि"मा अमेरिका सम्मिलित हुने दस्तावेजमा हस्ताक्षर गर्नुभएको कुरा यसभन्दा अघि सो क्षेत्रमा अमेरिकाको रणनीतिको दांजोमा फरक रहेको छ । त्यो ओबामा सरकार सत्तामा आएपछि अमेरिकाको परराष्ट्र नीतिको ठूलो परिवर्तन हो ।

               सोही दिन आयोजित पत्रकार सम्मेलनमा हिलारीले बोल्दै अमेरिका दक्षिण पूर्व एशिया क्षेत्रमा फर्केको कुरा बताउनुभयो । उहांका अनुसार अमेरिकाको भविष्यका लागि दक्षिण पूर्व एशिया र आशियान धेरै महत्वपूर्ण रहेका छन् । अमेरिका सरकारले निकट भविष्यमा इण्डोनेशियाको राजधानी जाकार्तामा आशियानसित सम्पर्क राख्ने कार्यालयको स्थापना गर्ने निर्णय गरेको छ । शन् श सुन्‌का अनुसार ओबामा सरकारले आशियान र दक्षिण पूर्व एशियालाई बढीभन्दा बढी रुपमा महत्व दिंदै आएको कुरा देखावटी रुपमा हेर्दा अमेरिका "दक्षिण पूर्व एशिया मैत्रीपूर्ण सहयोग सन्धि"मा सम्मिलित हुने माध्यमबाट पूर्व एशियाको शिखर सम्मेलनमा सहभागी हुने विचार गर्ने हो तर गहिरो तहको कारण के हो भने त्यो वर्तमान बैंकिंग संकट र एशियाली क्षेत्रको आर्थिक विकासको राम्रो प्रवृत्तिसित अलग्ग नरहेको छ ।

              शन् श सुन्‌ले अगाडि भन्नुभयोः आर्थिक कारणबाहेक दक्षिण पूर्व एशियाली मुलुकहरुको रणनैतिक स्थान , लामो समयदेखि अमेरिका र दक्षिण पूर्व एशिया क्षेत्र बीचको परम्परागत सम्बन्ध तथा सो क्षेत्रसित अन्तर्राष्ट्रिय समुदायको सहयोग निरन्तर रुपमा बलियो हुँदै आएको कुरा पनि अमेरिकाले दक्षिण पूर्व एशिया र आशियानलाई बढीभन्दा बढी रुपमा महत्व दिंदै आएको महत्वपूर्ण कारण हुन् ।

              शन् श सुन्‌‌का अनुसार हामीहरुले साधारण मनबाट अमेरिका "दक्षिण पूर्व एशिया मैत्रीपूर्ण सहयोग सन्धि"मा सम्मिलित हुने कुरालाई हेर्नु पर्छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040