china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आउने अगष्ट 1 तारिख काठमाडौँमा तिब्बती फोटो प्रदर्शनी हुने भएको छ।
    (GMT+08:00) 2009-07-24 16:50:17    

          नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको 54 औं वार्षिकोत्सवका अवसरमा काठमाडौँमा चीनको स्वायत्त प्रदेश तिब्बतसम्बन्धी फोटो प्रदर्शनी हुने भएको छ। आगामी अगष्ट 1 तारिखका दिन राष्टि्रय सभागृहमा सुरु हुने फोटो प्रदर्शनी चिनियाँ दूताबासको आयोजनामा हुन लागेको हो।

              चिनियाँ दूताबासले सि.आर.आई.लाई दिएको जानकारी अनुसार विगत 50 वर्षमा चीनको स्वायत्त प्रदेश तिब्बतमा भएका परिवर्तनलाई फोटो प्रदर्शनी माफत दर्शकहरुसामु राखिने छ।

              संसारको छानो भनेर चिनिएको चीनको स्वायत्त प्रदेश तिब्बतमा विश्वलाई आश्चर्य बनाउने थुप्रै कुराहरु रहेको र ती कुरालाई पनि फोटो प्रदर्शनीमा राखिने दूताबासले बताएको छ। छिन्हाइ तिब्बत रेल मार्गको विकासले तिब्बती जनतामा ल्याएको उत्साहलाई संसारभरका मानिसले कौतूहलका रुपमा लिएका छन्।

              त्यसैगरी तिब्बती सभ्यता, संस्कृति, पर्यटकीय स्थल, सामाजिक संरचना, रहनसहन आदि विषयवस्तुलाई फोटो प्रदर्शनीले मुख्य विषयवस्तु बनाएको छ। चीनको स्वायत्त प्रदेश तिब्बतमा भएका ऐतिहासिक गुम्बाहरु, संग्रहालय तथा प्राकृतिक छटाका सुन्दर तस्बिर हेरेर दर्शकहरुलाई तिब्बत घुम्न आकषित बनाउने तथा चीनको तिब्बतमा भइरहेका यथार्थ गतिविधि, प्रगति र उन्नत्तिको बारेमा यथार्थ जानकारी दिनु फोटो प्रदर्शनीनको मुख्य उद्देश्य रहेको छ।

              सन् 1959 मा तिब्बती जनताले भूदाषप्रथाबाट मुक्ति पाएपछि तिब्बतमा भएको प्रजातान्त्रिक सुधार, चीनका तिब्बती जनताको सुधि्रएको सामाजिक अवस्था, उनीहरुको अनुहारमा देखिएको उमङ्ग खुशी र हाँसोलाई फोटोग्राफरहरुले कलात्मक तरिकाले क्यामेरामा कैद गरेर दर्शकसामु राख्ता दर्शकहरु आफैँ तिब्बत पुगेको महसुस गर्नेछन्।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040