china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मितेरी पुलको बारेमा नेपाली श्रोताद्बारा चर्चा दोस्रो भाग
    (GMT+08:00) 2009-07-28 18:31:08    

              धनकुटा न.पा. ४, देव्रे बास सी.आर.आई श्रोता क्लवका सदस्य चन्द्रमणि बरालले हामीलाई पठाउनुचएको पत्रमा नेपाली सेवाबाट प्रकाशित मितेरी पुलको बारेमा पनि केही कुरा बताउनुभएको छ-

              बर्षा, केशरी मैयाँ, ललिता। धेरै धेरै सम्झना। आराम रहि तपाईहरु लगायत सी.आर.आई परिवारलाई आरामताको कामना गर्दछु। हामी जस्ता श्रोताहरुको सुझावलाई ध्यान दिई मितेरी पुलको आकार, मोटाए र डिजाएन परिवर्तन गरिदिनु भएकोमा हार्दिक आभार प्रकट गर्दछु। मैले पनि कुनै दिन सम्वाददाता रमेश कुमार भट्टराईसंगको अन्तर्वार्ता र पलमार्फत मितेरी पुलको आकार र पेजमा परिवर्तन गर्ने सुझाव दिएको थिएं। सो प्यारो पत्रिका आफूले सेचेको जस्तै हातमा पर्दा अत्यन्त हर्षित छ। अबका दिनमा यो नेपालीहरुको प्यारो मितेरी पुल अझ बढी नेपालीको ढुक ढुकी बन्न पुगोस भन्ने सुभ कामना छ।

    तिमीलाई शुभ कामना सी.आर.आई.

              लौकट 8, रामनगर हिरापुर, सर्लाहीमा पर्ने कालू समुहका अध्यक्ष सचिन कुमार वागलेले हामीलाई पठाउनुभएको पत्रमा एउटा कविता मार्फत शुभ कामना प्रकट गर्नुभएको छ। उहाँले भन्नुभयो-

               चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाले 34 बसन्त पार गरी शुभ अवसरमा म मितेरी पुलको प्रगतिको कामना गर्दै एउटा कविताको कामना गर्दै एउटा कविता पठाएको छु।

    असंख्या कोसेलीहरु लिएर आउ मितेरी पुल,

    तिमीलाई मेरो दिलको शुभ कामना छ।

    ज्ञान विज्ञानका कुरा लिएर आउ मितेरी पुल

    दीर्घायुको कामना छ।

    तिम्रो प्रगति जुनी जुनी भइरहोस् मितेरी पुल

    हरेक पल " कालू समूह " को यही प्रार्थना छ।

    नयाँ अंक संगै नयाँ स्वाद लिएर आउ मितेरी पुल

    तिमीलाई बसन्तको शुभ कामना।

              सी.आर.आई.को नेपाली प्रसारण 34 वार्षिकोत्सवको उपलक्ष्यमा वोया भोजपुर उदय सी.आर.आई श्रोता क्लवका सदस्य कुमार श्रेष्ठले हामीलाई शुभ कामना पठाउनुभएको छ-

    शान्त रही गम्भीर रहनु सी.आर.आई तिमी

    सधैं नेपाली विभागको भाषा शैलीमा

    जोश जाँगर र उमंगले छाई प्रसारित भई रहनु सी.आर.आई तिमी

    हाम्रो नेपाली श्रोताहरुको घरदैलोमा।

    सधै‍ प्रगतिको शिखर जसमी रहनु सी.आर.आई तिमी।

    हामी सबै नेपाली श्रोताहरुको भावना ।

    हरपहल सफलता नै सफलतामा रही रहनु सी.आर.आई तिमी।

    यही छ नेपालीहरुको हार्दिक शुभ कामना।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040