china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हाम्रा नियमित श्रोता मान बहादुर खत्रीबाट आएको पत्र
    (GMT+08:00) 2009-07-30 09:44:11    

             श्री आदरणीय प्रमुख ज्यु नेपाली विभाग चिनियाँ अन्तर्राष्टि्रय रेडियो पैचिङ, जन गणतन्त्र चीन ।

             विषय : थाइवान जल डमरुका दुई किनाराको सम्वन्ध बारे ।

             महाशय, विश्वको एकमात्र विशाल एवं शक्तिशाली मुलुक चीनका बिगत दिनहरुमा कम्जोर भएको मौका छोपी पश्चिमी पूँजीवादी एवं साम्राज्यवादीले अभिन्न अंगहरुलाई आफ्नो अधिनमा पारेका थिए । बिगतका दिनहरुमा चीनका मुटुका टुक्रहरु हङकङ र मकाओ मातृभूमि चीनमा समाहित भइसकेका छन् । बिगत 156 वर्षदेखि बेलायतको उपनिवेशको रुपमा रहदै आएको सानो तर सुन्दर मुलुक हङकङले सन् 1997 को जुन 30 को मध्येरातदेखि मातृभुमि चीनमा समाहित हुने सौभाग्य प्राप्त गरेको छ । त्यसैगरी, सन् 1999 को डिसेम्वर 19 को मध्येरातमा 442 वर्षदेखिको लामो समयसम्मको पोर्चुगलको उपनीवेशवादबाट मुक्त भएर मकाओ मातृभुमि चीनमा समाहित भइसकेको छ । बिगत लामो समयदेखि चीनबाट बिदेशी शक्तिहरुको प्रयासबाट अलगिएर रहेको मुलुक थाइवानलाई मातृभूमि चीनमा समाहित गर्नको लागि चिनियाँ सरकारले शान्तिपुर्ण बाटो अपनाउदै आएको छ । विश्वको प्रमुख शक्तिशाली मुलुक चीनले शक्तिको प्रयोग नगरी शान्तिपुर्ण बाटो अपनाउनुलाई विश्वले एक उदाहरणको रुपमा हेरिरहेको छ । थाइवानमा राष्ट्रप्रमुखको परिवर्तनले चीनको शान्तिपुर्ण बाटोलाई सहयोग मिल्ने कुरामा हामी विश्वस्त छौं । यसै सिलसिलामा चीनले वार्ताको सौहाद्र वातावरण बनाउनको लागि पठाइएको उपहार स्वरुप विश्वको दुर्लभ जनावर पाण्डालाई वर्तमान थाइवान सरकारले सहर्ष स्वीकार गरेको छ । निवर्तमान सरकारले चिनियाँ सरकारको उपहार पाण्डालाई अस्वीकार गरेको थियो । त्यसैगरी, डिसेम्वर 21 तारीखदेखि थाइवान जलडमरुका दूई किनारा बीच हवाई सेवा, हुलाक सेवा र जल सेवा शुरु गरिएको छ । यस्ता विविध गतिविधीहरुले गर्दा चीनले आफ्नो मुटुको टुक्र थाइवानलाई शान्तिपुर्ण तरिकाले मातृभूमि एवं मुख्य भूमिमा समाहित गर्ने छ भन्नेमा हामी पुर्ण विश्वस्त छौं । वास्तवमा समयको माग पनि थाइवान जलडमरुका दुई किनाराको पूर्न मिलन हो ।

    धन्यवाद

    मान बहादुर खत्री

    नेपाल ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040