china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकी अर्थतन्त्रको पुनरुत्थान असजिलो
    (GMT+08:00) 2009-08-04 19:43:45    

               अमेरिको आर्थिक परिस्थितिमा हाल अनवरत रुपमा राम्रो संकेत देखा पर्दै आएको छ । चालू महिनाको शुरुदेखि अमेरिकी सरकारका उच्च अधिकारी र आर्थिक क्षेत्रका गण्यमान्य व्यक्तिले अघि पछि गरी बोल्दै चालू वर्षको उत्तरार्द्धमा अमेरिकाको अर्थतन्त्र मन्द हुने बाटोबाट उम्केर पुनरुत्थानको बाटोमा लाग्ने बताउनुभयो । तर विश्लेषकहरुका अनुसार अनेकन् तथ्यांकहरुबाट अमेरिकी अर्थतन्त्र राम्रो भइरहेको संकेत रहेको प्रतिबिम्बित रहेता पनि अर्थतन्त्रको पूर्ण पुनरुत्थान हुनका लागि अझ निकै लामो समय चाहिन्छ।

               अमेरिकी राष्ट्रपति ओबामाले एक तारीखका दिन बोल्दै अमेरिकाको अर्थतन्त्र मन्द भएको परिस्थिति खुकुलो हुँदै आएको कुरा उल्लेख गरी यसबाट अर्थतन्त्रलाई तेज पार्ने योजना र नयां सरकारबाट चालिएका अन्य महत्वपूर्ण कदमले भूमिका निर्वाह गरिसकेको कुरा प्रतिबिम्बित रहेको तर अर्थतन्त्रको सर्वतोमुखी पुनरुत्थानका लागि अझ समय चाहिने बताउनुभयो । अमेरिकी अर्थमन्त्री गैथनरले दुई तारीखका दिन पत्रकारसित कुराकानी गर्दै अमेरिकाको अर्थतन्त्र मन्द भएको संकेत कम रहेको र गत वर्षको अमेरिकी अर्थतन्त्रको परिस्थितिको दांजोमा चालू वर्षको अवस्था निकै राम्रो रहेको कुरा बताउनुभयो । राष्ट्रपति ओबामाका व्हाइट हाउसका अर्थ सल्लाहकार सम्मर्सले हाल अमेरिकाको बेरोजगार दर निकै उच्च रहेको र अर्थतन्त्र मन्द भएको परिस्थितिको अन्त्य नभएता पनि चालू वर्षको उत्तरार्द्धमा अमेरिकी अर्थतन्त्रको पुनरुत्थान हुने सम्भावना रहेको कुरा बताउनुभयो । तीन तारीखका दिन अमेरिकी संघीय रिजर्भ समितिका भूतपूर्व अध्यक्ष ग्रीन्स्फान्‌ले बोल्दै अमेरिकी अर्थतन्त्र मन्द हुने अवस्था अन्तसम्म पुग्ने कुरालाई स्वीकार्नुभयो । उहांको आशावादी अनुमानका अनुसार चालू वर्षको तेस्रो त्रिमासमा अमेरिकाको अर्थतन्त्र दुई दशमलब पांच प्रतिशतले बढ्नेछ ।

               बजारको तथ्यांकबाट पनि पछिल्ला केही महिनादेखि अमेरिकी अर्थतन्त्रमा केही असल संकेत देखा परेको कुरा प्रतिबिम्बित भएको छ । तर पछिल्लो तथ्यांकका अनुसार अमेरिकाको घर बेच्ने परिमाण पछिल्ला तीन महिनासम्म लगातार वृद्धि हुँदै आएको देखिन्छ । सन् दुई हजार चारपछि यस्तो संकेत देखा परेको यो पहिलो पल्ट हो । चालू वर्षको मार्चदेखि गोल्डमान् साच्स र एप्पल जस्ता ठूला कम्पनीको उत्कृष्ट सन्चालन भएको कारण अमेरिकाको शेयर बजारमा चालीस प्रतिशतले रिबाउण्ड भएको देखिन्छ । यसका अतिरिक्त अमेरिकाको घर-बजार सम्बन्धी सूचि , उपभोक्ताको विश्वास सूचि र व्यक्तिगत उपभोग आदि आर्थिक तथ्यांकमा सकारात्मक संकेत देखा परेको छ । उक्त सबै कुराबाट अमेरिकाको अर्थतन्त्र मन्द भएको परिस्थिति टुंगो हुने कुरा प्रतिबिम्बित रहेको छ ।

               तर ओबामा होस् गैथनर वा सम्मर्स सबैले अमेरिकी अर्थतन्त्र मन्द भएको परिस्थितिबाट उम्कनका लागि निकै लामो समय चाहिने कुरालाई स्वीकार गर्नुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040