china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकी भूतपूर्व राष्ट्रपति क्लिन्टनको उत्तर-कोरिया भ्रमणबाट प्रायःव्दीपको परिस्थितिलाई खुकुलो पार्न सकिने कि नसकिने
    (GMT+08:00) 2009-08-05 18:30:14    

               प्रजातान्त्रिक जन-गणतन्त्र कोरियाको कोरियन केन्द्रीय न्युज एजेन्सीले जनाएअनुसार उत्तर कोरियाले थुनिएका दुईजना महिला अमेरिकी सञ्चारकर्मीलाई विशेष क्षमा दिने कुरा घोषणा गरेपछि अमेरिकी भूतपूर्व राष्ट्रपति क्लिन्टन स्थानीय समयअनुसार पाँच तारीखका दिन विशेष विमानव्दारा प्योंगयांग छोडेर उत्तर कोरियाको एक दिवसीय भ्रमण गर्नुभयो । रिहा गरिएका दुईजना महिला सञ्चारकर्मी पनि सोही विशेष विमानबाट प्योंगयांगबाट छोड्नुभयो।

               चालू वर्षको मई महिनामा ‌प्रजातान्त्रिक जन गणतन्त्र कोरियाले दोस्रो आणविक परीक्षण गरेपछि कोरियाली प्रायःव्दीपको परिस्थिति र उत्तर पूर्वी एशियाको परिस्थिति सधैंजसो तनावपूर्ण रहँदै आएको छ । यस पल्ट क्लिन्टनले अकस्मात उत्तर कोरियाको भ्रमण गर्नुभयो र उत्तर कोरियाले दुईजना अमेरिकी महिला सञ्चारकर्मीलाई रिहा गरेको छ। यस्तो पारस्परिक कार्यले प्रायव्दीपको परिस्थितिलाई खुकुलो पार्न सक्ने विषय विश्वको जनमतबाट आकर्षित रहेको छ।

               क्लिन्टन चार तारीखका दिन विशेष विमानव्दारा प्योंग यांग पुगेर उत्तर कोरियाको भ्रमण गर्नुभएको हो । सन् उन्नाइस सय चौरानव्वेमा अमेरिकी भूतपूर्व राष्ट्रपति जिमी कार्टरले प्रजातन्त्रिक जन गणतन्त्र कोरियाको भ्रमण गर्नुभएपछि उत्तर कोरियाको भ्रमण गर्नुभएको यो दोस्रो अमेरिकी भूतपूर्व राष्ट्रपति हुनुहुन्छ । प्रजातन्त्रिक कोरियाले क्लिन्टनको भ्रमणलाई उच्च महत्व दिएको छ । क्लिन्टन प्योंगयांगमा पुग्नुभएपाछि उत्तर कोरियाका नेता किम जोंग इलले तुरुन्तै उहाँसित भेटघाट गर्नुभयो । यसका अतिरिक्त उहाँको सत्कारमा किम जोंग इलले एक स्वागन भोजको पनि आयोजना गर्नुभयो । यसपछि क्लिन्टनले प्योंगयांगमा कैदीमा रहेका दुईजना अमेरिकी महिला सञ्चारकर्मीसित भेटघाट गर्नुभयो । उक्त भेटघाटको अवसरमा प्रजातान्त्रिक जन गणतन्त्र कोरियाले उक्त दुईजना अमेरिकी सञ्चारकर्मीलाई रिहा गर्ने घोषणा गरेको छ । जनाइएअनुसार प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको प्रतिरक्षा समितिका महासचिव किम जोंग इलले विशेष क्षमादान आदेशमा सही गर्नुभयो । यसप्रति क्लिन्टनले गहिरो कृतज्ञता ज्ञापन गर्नुभयो । यसका अलावा क्लिन्टनले गम्भीरताका साथ किम जोंग इललाई "अमेरिका र प्रजातान्त्रिक जन गणतन्त्र कोरियाबीचको सम्बन्धलाई सुधार गर्ने विषयमा अमेरिकी राष्ट्रपति ओबामाको मौखिम पत्र"सुनाउनुभयो । किम जोंग इल र क्लिन्टनका बीच "गम्भीर वातावरणमा प्रजातान्त्रिक जन गणतन्त्र कोरिया र अमेरिकाकाबीच विद्यमान रहेका समाधान गर्न नसकेका समस्याबारे खुलस्त र गहिरो छलफल"गरिएको छ । सो अवसरमा दुई पक्षले संवादको तरीकामार्फत समस्याको समाधान गर्नु पर्ने सर्वसम्मति प्राप्त गरेका छन् । क्लिन्टनको उत्तर कोरियाको भ्रमणको कारणले थुनिएका दुईजना अमेरिकी महिला सञ्चारकर्मी रिहा गरिएता पनि व्हाइट हाउसले वक्तव्य प्रकाशित गर्दै क्लिन्टनको भ्रमण व्यक्तिगत भ्रमण हो र त्यसलाई व्हाइट हाउसले कुनै पनि टिप्पणी नगर्ने कुरा बताएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040