china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पान-चु उत्तरी खाडी क्षेत्रका मुलुकहरुद्बारा सहयोगमार्फत बैकिङ्ग संकटको सामना
    (GMT+08:00) 2009-08-06 20:02:25    
                सन् 2009 पान-चु उत्तरी खाडी क्षेत्रको आर्थिक सहयोग मञ्च आज चीनको क्वाङ्ग सी च्वाङ्ग जातीय स्वायत्त प्रदेशको सदरमुकाम नान निङ्गमा सुरु भएको छ। चीन, भियतनाम र मलेशियालगायत पान-चु उत्तरी खाडी क्षेत्रका मुलुकका राजनीतिज्ञ, विद्बान र विदेशी कम्पनीका प्रतिनिधिहरु गरी लगभग चार सय जना उक्त मञ्चमा सहभागी भएका छन्। पान-चु उत्तरी खाडी क्षेत्रका मुलुकहरुले सहयोगलाई कसरी अझ सबल पार्ने र बैकिङ्ग संकटको कसरी सामना गर्ने विषय त्यस मञ्चको मुख्य विषय बनिसकेको छ।

               पान-चु उत्तरी खाडीको आर्थिक सहयोग चीन-आशियानको सहयोगात्मक प्रारुपभित्र रहेको एक क्षेत्रीय सहयोग हो। त्यसमा चीन, भियतनाम, मलेशिया, सिन्गापुर, डण्डोनेशिया, फिलिपिन्स र ब्रुनाई आदि मुलुकहरु संलग्न हुन्छन्। सन् 2006यता पान-चु उत्तरी खाडीको आर्थिक सहयोग मञ्च लगातार तीनपटक गरी सफलतासाथ आयोजित भएका थिए। अन्तर्राष्ट्रिय बैकिङ्ग संकट फैलिँदै गएको पृष्ठभूमिमा यस पटकको मञ्चको मुख्य नारालाई "चीन तथा आशियानबीचको नयाँ प्रवर्द्धन विन्दु अर्थात् सहयोगको विस्तार र खतरालाई सुअवसरको रुपमा परिणत गरौं" भन्ने रुपमा बनाइएको छ। साथै "सारा विश्वको बैकिङ्ग संकट तथा पान-चु उत्तरी खाडीको आर्थिक सहयोग"लाई यस मञ्चको मुख्य विषयको रुपमा बनाइएको छ। मञ्चमा सहभागी हुनुभएका चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका उपाध्यक्ष छन छाङ्ग चका अनुसार, क्षेत्रीय सहयोगलाई सबल पार्नु बैकिङ्ग संकटको सामना गर्ने आवश्यक छनौट नै हो। पान-चु उत्तरी खाडी क्षेत्रको आर्थिक सहयोग ज्यादै आवश्यक हुनेछ।

               क्षेत्रीय सहयोगको क्रममा आधारभूत प्रबन्धलाई सहयोगको महत्वपूर्ण पुल तथा तरिका मानिन्छ। यस पटकको मञ्चमा सहभागी भएका व्यक्तिहरुले के विचार गरेका छन् भने पान-चु उत्तरी खाडी क्षेत्रका मुलुकहरुले यातायात, उर्जा-स्रोत र सञ्चार लगायतका आधारभूत प्रबन्धको निर्माणलाई मजबुत पार्नुपर्छ। पान-चु उत्तरी खाडी आर्थिक सहयोगको नयाँ सदस्यको हैसियतले थाइल्याण्डका उप वाणिज्य मन्त्री आलोङ्गकोर्न पान्लाबोटले पान-चु उत्तरी खाडीको स्थल, जल र वायु मण्डलमा रहेको यातायातको आधारभूत प्रबन्धको निर्माणसम्बन्धी सहयोगलाई मजबुत पार्ने आशा थाइल्याण्डले गरेको बताउनुभयो।

                परम्परागत सहयोगको क्षेत्रबाहेक, यस पटकको सहयोग मञ्चमा बैकिङ्ग क्षेत्रमा रहेका पान-चु उत्तरी खाडीका मुलुकहरु बीचको सहयोगलाई घच्घच्याउँदैजाने आव्हान पनि प्रस्तुत गरिएको छ। चिनियाँ जन बैंकका उप गभर्नर सु निङ्गले पान-चु उत्तरी खाडीका विभिन्न मुलुकले निरन्तर रुपमा बैकिङ्ग सहयोगलाई अघि बढाउँदै जाने सुझाव पनि प्रस्तुत गर्नुभएको छ।

               पान-चु उत्तरी खाडी क्षेत्रको भावी विकासबारे चर्चा गर्दै चीनको राज्य परिषद्अन्तर्गत् विकास तथा अनुसन्धान केन्द्रका उपप्रमुख लु चोङ्ग युआनले बैकिङ्ग संकटको सामना गर्नका लागि पान-चु उत्तरी खाडी क्षेत्रका मुलुकहरुले बजारलाई अझ विस्तार गरी सहयोगी क्षेत्रलाई पनि बढाउनुपर्ने कुरा औंल्याउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040