china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिकद्बारा चीनलाई खेलकुदको सशक्त मुलुकतर्फ अघि बढाइने
    (GMT+08:00) 2009-08-07 20:02:50    
                पैचिङ्ग ओलम्पिक खेलकुद आयोजना भएको पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा झन् झन् बढी जनताले पैचिङ्ग ओलम्पिकबाट चीनमा आएको परिवर्तन देखेका छन्। विशेषत: पैचिङ्ग ओलम्पिकले खेलकुद कार्यको विकास गर्ने सन्दर्भमा चीनका लागि ल्याएको सकारात्मक परिवर्तन नै जनताहरुले स्पष्ट रुपमा बुझेका छन्।

               चीन एउटा खेलकुदसम्बन्धी बिशाल मुलुक भए तापनि खेलकुदसम्बन्धी सशक्त मुलुक होइन। चीनका राष्ट्राध्यक्ष श्री हु चिन थाउले गत वर्षको सेप्टेम्बर उनान्तीस तारिखका दिन आयोजना भएका पैचिङ्ग ओलम्पिक र पारा ओलम्पिक खेलकुदसम्बन्धी निचोड र प्रशंसा भेलामा के अपील गर्नुभएको थियो भने अब उप्रान्त चीन बिशाल खेलकुद मुलुकबाट खेलकुदको सशक्त मुलुकतर्फ विकसित हुँदैजानेछ।

               चिनियाँ विद्बानका अनुसार, खेलकुदसम्बन्धी बिशाल मुलुकभन्दा सशक्त खेलकुद मुलुक भन्ने नाउँमा समस्त सर्वसाधारणको स्वास्थ्य-गुणस्तर, खेलकुद बजारको व्यवस्थापन र खेलकुद व्यवसायको विकास आदि विषय पनि समावेश छन्।

               के भन्नसकिन्छ भने पैचिङ्ग ओलम्पिक खेलकुद चीन "खेलकुदसम्बन्धी विशाल मुलुक"बनेको सशक्त प्रमाण नै हो। त्यस खेलकुदबाट चीनमा ल्याइएको परिवर्तनले चीन "सशक्त खेलकुद मुलुक"तर्फ विकसित हुनका लागि जग बसालेको छ।

               पैचिङ्ग ओलम्पिक भएयता "संलग्न हुनु ज्यादै महत्वपूर्ण रहेको" ओलम्पिकको भावना मानिसहरुमाझ अझ गहिरिंदैआएको छ। झन् झन् बढी चिनियाँहरुले खेलकुद तथा कसरतमा सहभागी हुन थालेका छन्।

               यसका अतिरिक्त, सरकारले खेलकुद कार्यतर्फ अझ बढी लगानी लगाएमार्फत खेलकुदका प्रबन्धहरु र कसरतको वातावरणलाई अझ पूर्णता दिलाउँदैआएको देखिन्छ।

               अर्को स्पष्ट परिवर्तन के छ भने चिनियाँहरुको विचार अझ विश्वासिलो र खुलस्त बनेको छ। पैचिङ्ग ओलम्पिकले चीन तथा विश्व बीचको सम्पर्क र आदान-प्रदानलाई अझ गहन पारेको देखिन्छ।

                हाल चीन सरकारले जोडतोडसँग खेलकुदलाई अझ व्यवस्थित र विस्तृत बनाउनका लागि प्रयास गरिरहेको छ। राज्य परिषद्को अनुमोदन गरिएअनुसार, सन् 2009देखि प्रत्येक वर्षको अगष्ट आठ तारिखलाई चीनको "समस्त जनताका लागि कसरत दिवस"तोकिएको छ। त्यो दिन पैचिङ्ग ओलम्पिक खेलकुद आयोजना भएको सम्झना दिवस हुनुका साथै चिनियाँ सर्वसाधारणका लागि खेलकुद गतिबिधिको प्रचार-प्रसार दिवस पनि हो।

               अगष्ट आठ तारिखबारे चर्चा गर्दै चीनको राष्ट्रिय खेलकुद ब्युरोका प्रमुख लिउ फङ्गले त्यस दिनमा हरेक मान्छेले आफु रहेको ठाउँमा खुशीसाथ स्वस्थ रुपमा खेलकुद र कसरत गतिबिधि गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040