china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भोलि शनिबार काठमाडौँमा छैटौँ चिनियाँ शैक्षिक मेलाको आयोजना हुने भएको छ
    (GMT+08:00) 2009-08-10 19:22:52    
             चिनियाँ शिक्षा प्रणालीका बारेमा नेपालीहरुलाई जानकारी दिनका लागि भोलि चिनियाँ शैक्षिक मेलाको आयोजना हुने भएको छ । अरनिको समाजको आयोजनामा हुन लागेको यो मेला छैटौँ चिनियाँ शैक्षिक मेला भएको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले सि.आर.आई.लाई बताउनुभयो ।

             अन्नपूर्ण होटल काठमाडौँमा आयोजना हुने छैटौँ चिनियाँ शैक्षिक मेलाको उद्घाटन शिक्षा मन्त्री रामचन्द्र कुशवाहा र नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको छ ।

            छैटौँ शैक्षिक मेलामा भाग लिनका लागि 26 सदस्यीय चिनियाँ प्रतिनिधिमण्डमल नेपाल आइसकेको छ । चीनका विभिन्न 11 वटा विश्वविद्यालयका 26 प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले आ-आफ्ना गतिविधि तथा उपलब्धीका बारेमा उपस्थित नेपालीहरुलाई जानकारी गराउनेछन् ।

            चीनमा गएर अध्ययन गरिने विषयमध्ये मेडिकल साइन्स र इन्जिनियरिङ्ग नेपालमा लोकपि्रय मानिन्छन् । त्यसपछि पत्रकारिता, अन्तर्राष्ट्रिय सम्बन्ध, सामाजिक सेवा जस्ता विविध विषयमा पनि चीनमा गएर अध्ययन गर्ने परिपाटी विकसित भइरहेको छ ।

             शैक्षिक मेलाको सबै पूर्वाधारहरु तयार भइसकेको जनाउँदै आयोजक संस्था अरनिको समाजका अध्यक्ष डा. शाहले नेपालीहरुको छनोट र चासो अनुसार नै चिनियाँ विश्वविद्यालयहरुले जानकारी दिने बताउनुभयो ।

             अरनिको समाजले हरेक वर्ष नेपालमा चिनियाँ शैक्षिक मेला तथा प्रदर्शनीको आयोजना गर्दै आएको छ । यसवर्ष पनि चीनमा पढ्न जाने नेपाली विद्यार्थी तथा तिनका अभिभावकहरुलाई मुख्य लक्ष्य बनाएर गरिएको शैक्षिक मेलाले चिनियाँ शिक्षा पद्धतिका बारेमा अध्यावधिक जानकारी प्रस्तुत गर्नेछ ।

             चेतनाथ आचार्य

            सि.आर.आई.

            काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040