china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाकिस्तानी तालेवानका नाइके हवाई आक्रमणमा मरिसके पछी उनीहरुका माझमा अन्तर्विरोध बढ्दै
    (GMT+08:00) 2009-08-10 20:07:53    

             हाल पाकिस्तानका अधिकारीहरुले बोल्दै " पाकिस्तानी तालेवान आन्दोलन"का नाइके बैथुल्लाह मेहसुद अमेरिकी सेनाको मानवरहित विमानव्दारा गरिएको हवाई आक्रमणमा मरिसकेपनि तालेवान पक्षले उनी अझै पनि बांचिरहेका छन् भनेको छ । उक्त नाइके मेहसुद साँच्चिनै मरिसकेको छ कि भनेर मानिसहरुलाई शंका लागेको बेलामा तालेवानको भित्र रहेको अन्तर्विरोध चर्को हुँदै आएको छ । थाहा भएअनुसार आठ तारिखका दिन उक्त संगठनका दुई समुदायका बीचमा भएको हानाहानमा अर्का दुई जना महत्वपूर्ण नाइकेहरु माध्ये एक जनाको मृत्यू र एक जना घाइते भए। उक्त घटना भएपछि नाइके मेहसुद बारेको मरेको कि बाँचेको भन्ने झन् झन् शंकास्पद भएको छ।

             थाहा भएअनुसार मेहसुदले सन् 2007 मा गुप्त रुपमा पाकिस्तानका पूर्व प्रधान मन्त्री बेनाजिर भुट्टोलाई मारिदिएका थिए भनेर अभियोग लगेका अपराधी नै हुन् र पाकिस्तानमा लत्याइएको सबभन्दा ठूलो अवैधानिक सशस्त्र संगठन " पाकिस्तानी तालेवान आन्दोलन"का नाइके हुन्। त्यसैरी अमेरिका सरकारले यस सालको मार्च महिनामा उसलाई पक्राउ गर्नेलाई पचास लाख अमेरिकी डलर पुरकारको घोषणा गरेको थियो। पाकिस्तानी सञ्चार माध्यमका अनुसार मानवरहित अमेरिकी विमानले पाँच तारिखका दिन मेहसुदको ससुरा बसोबास गरिरहेको आबासमाथि हवाई आक्रमण गरेको थियो। यसरी पाकिस्तानका विदेश मन्त्री कुरेशीले सात तारिखका दिन बोल्दै पाकिस्तान सरकारले के दावी गरी ठहर लिएका छन् भने उक्त हवाई आक्रमणमा मेहसुद मरिसकेको छ र उसकी श्रीमती, एक जना दाइ र सात जना रक्षकहरु उससित संगै मरिसकेको बताउनुभयो ।

              तर यस अघि अमेरिकी एक उच्च पदाधिकारीले छ तारिखका दिन बोल्दै मेहसुद मरिसकेको कुरा पन्चानब्बे प्रतिशत भएको छ भन्नुभएको थियो। पाकिस्तानी सेनाका प्रवक्ताले उ मरेको छ कि छैन भन्ने कुरा स्पष्ट भे नसकेको बताउनुभएको छ।

             अहिलेसम्म पाकिस्तान सरकार र तालेवान संगठनले मेहसुद मरिसकेको भिन्न भिन्नै दावी गरेका छन्। त्यसैरी विश्लेषकको ठहर अनुसार यी दुवै पक्षको भनाइ चाहिं आफ्नै पक्षका लागि विचार गरी आएका छन्।

             पाकिस्तान सरकारका लागि भन्ने हो भने मेहसुद मरेको कुराले पाकिस्तान सरकारका लागि महत्वपूर्ण फायदा ल्याउन सक्छ। एकातिर त्यो तालेवानको शुर्‍याईमाथि प्रहार गर्न लागेको धारिलो हात-हतियार हो र अर्कोतिर उ मरेको कुराबाट पाकिस्तानीव्दारा पाकिस्तान सरकारमाथि लगाइएका दवाव शक्तिहरुलाई कम पार्न सकिन्छ भनेर मानिएको छ। र तेस्रो चाहिं त्यसबाट अमेरिका र पाकिस्तान बीचको सहयोगलाई अझ बढी सहायता दिन सकिन्छ।

             उता तालेवान पक्षले दृढतासाथ के भनेको छ भने मेहसुद अझै पनि बाँचिरहेका छन्। एकातिर सैनिकहरुको मनलाई बलियो पार्नुका साथै अर्कातिर मेहसुद मरेपछि नयाँ नाइकेको छनौट गर्नका लागि समयलाई लम्ब्याउन अस्वीकार गरेको छ।

              हाल पाकिस्तानका विभिन्न सञ्चार माध्यमहरुलाई नाइके मेहसुद मरिसकेको छ कि भन्ने कुराबारे शंका लागेको छ। तिनीहरुको ठहर अनुसार यदि कुरा साँच्चिनै हो भने आतँककारीहरु विरोधी लडाइंमा रहेको एउटा कोर्सयुक्त विजय नै हो। तर तिनीहरुले पनि यो कुरा ‌औंल्याएका छन् कि नाइके मेहसुद मरेपनि पाकिस्तानभित्र रहेका तालेवानको सशस्त्र शक्तिलाई सानो नजर पुर्‍याउनु हुँदैन। जरादेखि आतँकवादी र अति उग्रतत्वहरुलाई सखाप गर्नका लागि पाकिस्तान सरकार लाग्नुको बाटो निकै लामो छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040