china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    1 अगस्त 1955का लागि हार्दिक मंगलमय शुभकामना पहिलो भाग
    (GMT+08:00) 2009-08-11 10:56:24    

            सन् 1955 को अगस्त 1 तारीखका दिन चीन र नेपाल बीच दौत्य सम्बन्ध स्थापना भएको थियो। दौत्य सम्बन्ध स्थापना भएको 54 वर्ष वितिसकेको छ। वितेको 54 वर्षमा चीन र नेपाल बीचको दौत्य सम्बन्ध अग्निपरिझावाट उत्तीर्ण भएको देखिन्छ। चिनियाँ र नेपाली जनता, चीन सरकार र नेपाल सरकार बीचको मितेरी झन् झन् बलियो भइरहेको छ। यी दुई देशको सम्बन्धले विश्वलाई नमूना र आदर्शको रुप देखाएका छन्।

             आदरणीय श्रोताहरु, आजको श्रोता सहभागिता नियमित कार्यक्रममा चीन र नेपाल बीचको दौत्य सम्ब्न्ध स्थापना भएको पचपन्नौं वार्षिकोत्सवको उपलक्ष्यमा हामी सी.आर.आई. श्रोता क्लव राष्ट्रिय परिषद नेपालको सांस्कृतिक विभागका प्रमुख श्रोता मान बहादुर खत्रीबाट आएको शुभ कामना प्रसारण गर्नेछौं। मान बहादुर खत्रीद्बारा लेखिएको यस लेखमा चीन र नेपाल बीचको मैत्रिपूर्ण सम्बन्धको चौतर्फी रुपमा बयान गरिएको छ।

             अब श्री मान बहादुर खत्रीको शुभ कामना        

            विशाल मुलुक चीन, आफ्ना छिमेकी तथा विश्वका अन्य राष्ट्रहरुसँग मित्रताको हात फैलाउने कार्यमा एक नमुना मुलुकको रुपमा सुपरिचित भइसकेको छ । भौगोलिक रुपले सीमा जोडिएर रहेका हिमाली पृष्ठभूमिका दुई असल छिमेकी मुलुकहरु नेपाल र चीन बीच परापूर्वकालदेखि नै आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनैतिक रुपमा पनि घनिष्ट सम्वन्ध रहंदै आएको छ । सन् 1955 को अगस्त 1 तारीखदेखि औपचारिक रुपमा दौत्य सम्वन्धको स्थापना भएपछि यो सम्वन्धले झन झंगिने मौका पाएको छ । नेपाल र चीन बीच स्थापना भएको दौत्य सम्वन्धले आगामी अगष्त 1 तारीखमा 54 औं बसन्त पार गर्दैछ । नेपाल र चीन तथा नेपाली र चिनियाँ जनताको सवैभन्दा खुशीको क्षाणमा नेपाल, चीन, नेपाली तथा चिनियाँ जनताको उत्तरोत्तर प्रगतीको कामना गर्दै आगामी दिनमा दुई देश बीचको सम्वन्ध अझै गाढा र घनिष्ट बन्दै जाओस, मेरो हार्दिक मंगलमय शुभकामना । चिनियाँ इतिहासमा अगस्त 1 तारीखले बेग्लै किसिमको ऐतिहासिक महत्व बोकेको छ । एकातिर नेपाल र चीनको दौत्य सम्वन्ध अगस्त 1 तारीखमा स्थापना भएको थियो भने अर्कोतिर, चिनियाँ जनमुक्ति सेनाको पनि अगष्त 1 तारीखमा नै स्थापना भएको थियो । परापूर्वकालदेखि नै नेपाल र चीन बीच आपसी सहयोग र समझदारी रहदै आएको कुरा इतिहासका पानाहरुमा सूनौला अक्षरहरुले पोतिएको पाइन्छ । खासगरी, चीनले नेपालको आर्थिक, समाजिक, साँस्कृतिक तथा प्राविधिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। सन् 1955 को अगष्त 1 तारीखमा औपचारीक रुपमा दौत्य सम्वन्ध स्थापना भएपछि चीनले नेपाललाई हेर्ने र गर्ने सहयोगको क्षेत्रमा व्यापक विस्तार गरेको छ । त्यसैगरी, चीनले संकटको बेलामा नेपाललाई सधै माया, ममता र सहयोग प्रदान गर्दै आएको छ भने नेपाल र नेपालीको हरेक दु:ख र कष्टमा साथ दिएको छ । नेपालले आर्थिक लगायतका क्षेत्रहरुमा सहयोग गर्न नसके तापनि चीनलाई सधै एउटा असल मित्रको रुपमा यथाशक्य र हार्दिक सर्मथन जनाएको छ । चीनले उठाएका हरेक कदममा नैतिक समर्थन जनाएर, चीन विरोधी गतिविधिहरु हुन नदिएर तथा चीनले उठाएका कुटनीतिक पहलहरुमा समर्थन जनाएर, नेपालले असल मित्रको परिचय दिएको छ । चिनियाँ सरकारले थाइवानलाई लक्षित गरेर बनाएको राष्ट्रिय पृथकतावाद विरोधी ऐनको नेपालले समर्थन गर्दै, एक चीन नीतिप्रति दृढ समर्थन दोहोर्याएको छ । जसलाई नेपालले चीनप्रति देखाएको असल मित्रताको प्रतिकको नमूनाको रुपमा मान्न सकिन्छ। चीन नेपाल दौत्य सम्वन्ध स्थापनाको 54 औं वार्षिकोत्सको पूर्ण सफलताको कामना गर्दै नेपाल, चीन, नेपाली र चिनियाँ जनता साथै रेडियो तथा हामी श्रोताहरु बीचको सम्बन्ध दिन प्रतिदिन गाढा र घनिष्ट बन्दै जाओस । मेरो हार्दिक मंगलमय शुभकामना छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040