नेपालको शिक्षा र व्यापारका बारेमा दुई पक्षीय छलफल गर्नका लागि चीनको युन्नान प्रान्तबाट फरक फरक दुईवटा प्रतिनिधिमण्डल हिजो काठमाडौँ आइपुगेका छन् ।
शिक्षा क्षेत्रका 15 जना चिनियाँ सहभागी रहेको प्रतिनिधिमण्डले शिक्षामन्त्री रामचन्द्र कुशवाहासँग आज बिहान भेट गरेको छ । शिक्षामन्त्रीसँगको भेटमा चिनियाँ प्रतिनिधिमण्डलले नेपाल र चीनबीचमा शैक्षिक आदानप्रदानलाई नियमित बनाउनुपर्ने कुरा राखेपछि शिक्षामन्त्री कुशवाहाले सहयोग गर्न आफू तत्पर रहेको बताउनु भएको छ । त्यसैगरी सोही प्रतिनिधिमण्डलले नेपालको शिक्षा क्षेत्रसँग सम्बन्धित अधिकारीहरुसँग भेट गरी दुई देशको शैक्षिक आदानप्रदानका बारेमा छलफल गरेको छ ।
नेपालबाट चीनको युन्नान प्रान्तमा गएर अध्ययन गर्ने विद्यार्थीको संख्या क्रमश: बढिरहेको छ । अरनिको समाजको आयोजनामा गत शनिबार नै छैटौँ चिनियाँ शैक्षिक प्रदर्शनी सम्पन्न भइसकेको छ । सो शैक्षिक प्रदर्शनीमा चीनका विभिन्न विश्वविद्यालयले चिनियाँ शैक्षिक प्रणाली र छात्रवृद्धिका बारेमा नेपालीहरुसँग अन्तक्रिया गरेका थिए ।
कत्यसैगरी युन्नान प्रान्तबाटै 20 सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल व्यापारिक प्रयोजनका लागि नेपाल आएको हो । नेपाल उद्योग वाणिज्य समहासंको निमन्त्रणामा आएको व्यापारिक तथा व्यावसायिक प्रतिनिधिमण्डलले नेपालका उद्योगी तथा व्यापारीहरुसँग भेट गरी कुराकानी गरेको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|