china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मध्य पूर्वको शान्ति प्रक्रियालाई अघि वढाउन हातमा हात मिलाएर अघि वढनु पर्ने चीनका मध्य पूर्व समस्या सम्बन्धी विशेष दूतको भनाइ
    (GMT+08:00) 2009-08-11 19:19:17    

           चीनका मध्य पूर्व समस्या सम्बन्धी विशेष दूत ऊ स खले आज एघार तारिखका दिन पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा हाल मध्य पूर्व क्षेत्रमा गइ त्यहाँको भ्रमण गर्नुभएको बिषयबारे जानकारी दिनुभयो। उहाँका अनुसार वर्तमान मध्य पूर्वको शान्तिपूर्ण प्रक्रियाका सामु नयाँ मौका देखा परिरहेको छ र त्यसैले विभिन्न पक्षहले संकल्प लिई सदिच्छा देखाएर मतैक्यलाई कायम राखी अन्तर्राष्ट्रिय समाजबाट हातेमालो गर्दै अघि लम्कनु पर्छ।

           मध्य पूर्व समस्या चाहिं विश्वमा सबभन्दा लामो समयदेखि रहिआएको तापयुक्त समस्या हो। वास्तवमा त्यसको सार्गभित समस्या चाहिं भूभागबारे प्यालेष्टाइन र इजरेल बीचको भिडन्त नै हो। दीर्घकालसम्मको डाँबाडोलले मध्य पूर्व क्षेत्रमा पर्ने विभिन्न मुलुकका जनताहरुमाथि भयन्कर आपत्ति ल्याउँदै आएको देखिन्छ। मध्य पूर्व समस्याका विषयमा चीनले शुरुदेखि अन्तसम्म निष्पक्ष र समान अडान लिंदै आएको छ र मध्य पूर्व क्षेत्रमा दीर्घकालीन स्थायी शान्ति र स्थायीत्वको स्थापना गर्नका लागि अथक प्रयास गर्दै आएको छ। त्यसरी सन् 2002 सालमा चीनले पहिलो पटक मध्य पूर्व समस्या सम्बन्धी विशेष दूतको पद राखेको थियो। हाम्रो उद्देष्य चाहिं मध्य पूर्वको परिस्थितिलाई खुकुलो पारी शान्तिपूर्ण वार्ताको पुनर्स्थापना गर्नका लागि केही कार्य गर्नु हो।

            यस सालको मार्च महिनामा श्री ऊ स खलाई मध्य पूर्व समस्या सम्बन्धी चीनका तेस्रो विशेष दूत नियुक्त गरिएको छ र यस सालको जुन महिनाको अन्तदेखि उहाँ दुई पटक त्यस क्षेत्रको भ्रमण गर्न जानुभयो।

            उपर्युक्त पत्रकार सम्मेलनमा उहाँले के कुरा बताउनुभएको छ भने भ्रमण गर्नु त अवस्थाबारे जानकारी लिएर परिस्थितिका विषयमा विभिन्न पक्षहरुको दृष्टिकोण सुन्नु हो। त्यसकका साथै उहाँले खुलस्त रुपमा परिस्थतिबारे चीनको दृष्टिकोण र अडानबारे पनि जानकारी दिनुभएको छ। उक्त भ्रमणमार्फत पारस्परिक समझदारी बढाएर मध्य पूर्वको शान्तिपूर्ण प्रक्रियाका लागि राम्रा राम्रा वातावरणको सिर्जना गर्नुका साथै केही सहायता प्रदान गर्दछ भनेर बताउनुभएको छ। संक्षेपमा भन्ने हो भने मध्य पूर्वको शान्तिपूर्ण प्रक्रियाको विकास गर्नेतर्फ हितकर हुने सम्बन्धी सबै कामकाजलाई हामी सहायता दिन्छौ।

             सर्ववित्तितै छ कि ओबामाले अमेरिकी राष्ट्रपति नियुक्त हुनुभएपछि मध्य पूर्व समस्याबारे निकै ठूलो र महत्वपूर्ण नीतियुक्त मध्यस्थता गर्दै आउनुभएको छ।

             उहाँको भनाइ अनुसार यस सालको उत्तरार्धमा मध्य पूर्वको शान्तिपूर्ण प्रक्रियासित सम्बन्धी कूटनैतिक कार्यक्रमहरु जल्दो बल्दो रुपमा रहिरहेका छन्। जस्तो भनौं कि यता रुसले यस सालको अन्तमा मध्य पूर्वको शान्तिपूर्ण सम्मेलनको आयोजना गर्न तम्तयार गर्दै आएको छ भने उता यूरोपेली संघ आदि सम्बन्धित पक्षहरुले पनि मध्य पूर्वको शान्तिका लागि सक्रिय प्रयत्न गर्दै आएका छन्।

             त्यसरी श्री ऊ स खले वर्तमान अवस्थामा सम्बन्धित पक्षहरुले मौकालाई समातेर मध्य पूर्वको शान्तिपूर्ण प्रक्रियालाई अघि वढाउनु पर्नेपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040