china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चाइना इस्टर्न एयरलाइन्सले चीनको खुन्मिङ्ग र काठमाडौँ बीचमा उडान गर्ने भएको छ
    (GMT+08:00) 2009-08-13 19:49:07    
           आगामी सेप्टेम्बर महिनादेखि नेपाल र चीनबीचमा हवाई सेवा प्रदान गर्नेमा चाइना इस्टर्न एयर लाइन्स पनि थपिने भएको छ । चाइना इस्टर्न एयरलाइन्सले चीनको दक्षिण पूर्वमा पर्ने सुन्दर सहर खुन्मिङ्गदेखि काठमाडौँ उडान गर्ने भएको छ ।

           चीन सरकारारा सञ्चालित चाइना इस्टर्न एयरलाइन्सलाई खुन्मिङ्ग काठमाडौँ उडान गर्नका लागि नेपाल सरकारले अनुमति प्रदान गरिसकेको छ । सेप्टेम्बरको पहिलो सातादेखि सो एयरलाइन्सले हप्ताको तीनवटा उडान गर्नेछ ।

            पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सि.आर.आई.लाई बताए अनुसार एयरलाइन्सको बोइङ्ग 737 तथा बोइङ्ग 700 को वायुयानारा काठमाडौँ खुन्मिङ्ग उडान गरिने छ ।

            काठमाडौँ र चीनका विभिन्न सहरसँगको हवाइ सेवामा यसपूर्व नै एयर चाइना र चाइना साउर्थन एयरलाइन्सले सेवा प्रदान गर्दै आएका छन् । नेपाल र चीनबीच हुने सोझोो हवाइ सेवाको विस्तारले दुई देशबीचको व्यापारिक तथा पर्यटकीय उद्योगलाई थप टेवा पुग्नेछ ।

            विगत तीनवर्षदेखि नेपालमा चिनियाँ पर्यटकहरु बढिरहेका तथा नेपाल र चीनबीचको व्यापार फराकिलो भइरहेको अवस्थामा चाइना इस्टर्न एयरलाइन्सको उडानले व्यवसायीहरु थप उत्साही भएका छन् ।

            चेतनाथ आचार्य

            सि.आर.आई.

            काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040