china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ परराष्ट्र मन्त्रीव्दारा जेनेभा कूटनैतिक इन्स्ट्रिट्युटमा चीनको परराष्ट्र नीतिको व्याख्या
    (GMT+08:00) 2009-08-13 19:49:41    

            चिनियाँ परराष्ट्र मन्त्री याङ्ग चे छले हिजो बाह्र तारिखका दिन स्वीजरल्यान्डको जेनेभाको कूटनैतिक तथा अन्तर्राष्ट्रिय इन्स्ट्रिट्यूटमा सम्बोधन गरी चीनको परराष्ट्र नीतिको समस्त प्रारुप एवम महत्वपूर्ण र मुख्य अन्तर्राष्ट्रिय समस्याबारे चीनको दृष्टिकोण र धारणाको व्याख्या गर्नुभयो।

            जेनेभाको भ्रमण गर्नुभएका चिनियाँ परराष्ट्र मन्त्री याङ्ग चे छको मुख्य कार्य चाहिं निरस्त्रिकरण सम्मेलनमा भाग लिनु हो। श्री याङ्गले बीस मिनेटको सम्बोधनमा अंग्रेजी भाषामा सहभागी भएकाहरुलाई मेलमिलापयुक्त विश्वबारे चीनका सिद्धान्त, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त र शान्तिपूर्ण विकासको बाटो लाग्दै आएको चीनको संकल्प र अठोट एवम अन्तर्राष्ट्रिय सम्बन्धमा पारस्परिक हित-कल्याण र सबै सफलताको खोजतलाशी गर्दै आएको चीनको विषयबारे जानकारी दिनुभएको थियो।

            उहाँको भनाइ अनुसार चीनले सधैं नै शान्तिपूर्ण विकासको बाटो, जहिले पनि पारस्परिक हित-कल्याण र सबै पक्षका सफलताको खुल्लापनको रणनीतिलाई कायम राख्ने, मेलमिलापयुक्त विश्वको निर्माण गर्ने, भ्याएसम्म शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरुलाई कायम राख्ने आधारमा सबै मुलुकहरुसितको सम्बन्धको विकास गर्दै आएको छ।

             उहाँले अगाडि बताउँदै अन्तर्राष्ट्रिय हुरी-बदाल जसरी बदलिएपनि चीनले शान्तिपूर्ण, विकसित र सहयोगी झण्डालाई माथि उठाएर स्वतन्त्र र स्वाधीन शान्तिपूर्ण परराष्ट्र नीति अपनाउँदै विश्व शान्तिको संरक्षण गर्न र सयुक्त रुपमा विकास गर्दै जाने आफ्नो लक्ष्यलाई कायम राख्ने छ । उहाँले के कुरामा जोड दिएर दोहर्‍याउनुभएको छ भने चीनले आफ्नै विकासमार्फत विश्वका लागि आफ्नै योग्दान दिनुका साथै विकासोन्मुख मुलुकहरुको हित-कल्याणमाथि हेर-विचार गर्ने छ।

              उहाँले भन्नुभयो कि चीन राष्ट्र शान्तिप्रेमी राष्ट्र हो। चीन राष्ट्रको पुनरुत्थान विश्वका लागि त्रास-धम्की होइन र बरु त्यसको ठीक उल्टो सुनौला हो। चीनको विकास चाहिं शान्तिपूर्ण विकास हो। त्यसबाट कुनै मानिसहरुमाथि नोक्सानी नपुर्‍याउनुका साथै कुनै मानिसहरुलाई त्रास-धम्की दिइने छैन। चीनले पहिले, अहिले र भविष्यमा कहिले पनि प्रभुत्व जमाउने छैन।

             त्यस अवसरमा चिनियाँ परराष्ट्र मन्त्री याङ्ग चे छले उक्त सम्मेलनमा सहभागी भएकाहरुलाई चीन र अमेरिका, चीन र रुस, चीन र यूरोपेली संघ, चीन र जापान एवम चीन र विकासोन्मुख मुलुकहरु बीचको कूटनैतिक क्षेत्रमा केही वर्षदेखि यता प्राप्त गरिएका महत्वपूर्ण उपलब्धीहरु, कोरियाली प्रायव्दीप र उत्तर पूर्वी एशिया क्षेत्रका शान्ति र स्थायित्वको संरक्षण गर्ने र इरानी आणविक समस्या एवम सुडानको दार्फर समस्याको राजनैतिक प्रक्रिया आदि अन्तर्राष्ट्रिय समस्याबारे चीनव्दारा लिइदै आएका अडान र धारणाहरुबारे जानकारी दिनुभयो। त्यसको अतिरिक्त उहाँले मौसम परिवर्तनको सामना गर्नेतर्फ चीनका सैद्धान्तिक अडान पनि पुनर्पुष्टि गर्नुभयो।

             थाहा भएअनुसार उहाँको सम्बोधनले त्यहाँ उपस्थित भएकाहरुबाट निकै हार्दिक बजाइएका थपडीहरु प्राप्त गरेको छ। त्यहाँ उपस्थित हुनुभएका संयुक्त राष्ट्र संघका उप महा सचिव एवम राष्ट्रसंघीय जेनेभा कार्यालायका प्रमुख सेर्गीइ ओर्दहोनिकिदजेले हाम्रो रेडियोका पत्रकारसंगको विशेष अन्तर्वार्तामा बोल्दै उहाँको यो चाहिं निकै महत्वपूर्ण सिद्धान्त नै हो। त्यो र संयुक्त राष्ट्र संघको वडा पत्रसित एकदमै मेल खान्दछ। त्यसै भएको हुनाले चीनको सिद्धान्त चाहिं संयुक्त राष्ट्र संघलाई दिंदै आएको एउटा महत्वपूर्ण योगदान र समर्थन हो भन्न सकिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040