china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल सरकारले चीनको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल राख्ने भएको छ
    (GMT+08:00) 2009-08-14 19:36:13    
             चीनको स्वायत्त प्रदेश तिब्बतसँग सीमा जोडिएको नेपाली भूभागमा सरकारले सशस्त्र प्रहरीबल परिचालन गर्ने तयारी गरेको छ ।

             नेपाली भूमिबाट हुनसक्ने चीन बिरोधी गतिविधि तथा अवैध व्यापारकारोबार रोक्नका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गर्न लागिएको हो । नेपाल र चीनबीचको सम्बन्ध युगौँदेखि सुमधुर रहेको र भविष्यमा पनि यसलाई जारी राख्नका लागि सम्बन्धमा आउने अप्ठ्यारा र समस्यामाथि नियन्त्रण गर्न आवश्यक छ । नेपालको भूमिबाट दलाई गुटले चीनबिरोधी क्रियाकलाप सञ्चालन गर्ने र चीनको स्वायत्त प्रदेश तिब्बत प्रवेश गर्न खोजेको कुराले पनि दुई देशबीचको सीमामा सुरक्षा व्यवस्था कडा बनाउन पर्ने आवश्यकता महशुस गरिदै आएको छ ।

             सशस्त्र प्रहरीको झन्डै 12 हजार जनशक्तिलाई सरकारले अहिले भारतसँग सीमा जोडिएको 18 जिल्लामा सीमा अपराध तथा अवैध चोरीपैठारी नियन्त्रणका लागि परिचालन गरेको छ । नेपालले दुवै छिमेकी मुलुकसँग समान दुरीमा सम्बन्ध बढाउने उद्देश्यले अब भारतसँगको सीमामा जस्तै चीनसँगको सीमामा पनि सशस्त्र प्रहरीबल स्थापना गर्न लागेको हो ।

             गृहमन्त्रालयले सि.आर.आई.लाई जानकारी दिए अनुसार चीन सरकारले सिमानामा तैनाथ हुने सशस्त्र प्रहरीबलका लागि आवश्यक भौतिक सामग्रीसमेत सहयोग स्वरुप उपलब्ध गराउने छ ।

            नेपाल र चीनको स्वायत्त प्रदेश तिब्बतबीच सीमा जोडिएका मुस्ताङ, सोलुखुम्बु, रसुवा, हुम्ला, संखुवासभा, दोखला, ताप्लेजुङ्ग र सिन्धुपाल्चोक जिल्लाका उत्तरी सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल रहन सक्ने मन्त्रालयले बताएको छ ।

            चेतनाथ आचार्य

            सि.आर.आई.

            काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040