china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तालेवान सशस्त्रबाट आएको धम्की चर्कंदै आएको हाराहारीमा अफ्गानिस्तानको निर्वाचनमा कालो बादल
    (GMT+08:00) 2009-08-14 19:36:42    

            अगष्ट महिनाको बीस तारिखका दिन अफ्गानिस्तानको दोस्रो राष्ट्रपतिको निर्वाचन हुने समय नजीक हुन लागेको हुँदा अफगानिस्तानले तालेवान सशस्त्र शक्तिव्दारा सम्भवतः हिंसात्मक प्रहार गर्ने कुराप्रति लिंदैआएको चिन्ता पनि बढ्दै आएको देखिन्छ। त्यसरी नै अफ्गान स्वतन्त्र निर्वाचन समितिले हिजो सुरक्षाको कारणले दश प्रतिशत मतदान खसाल्ने केन्द्रहरू बन्द गराइदिने सम्भावना भएको बताउनुभएको छ। तालेवान सशस्त्र तत्त्वबाट आएको त्रास-धम्कीले अगागानिस्तानको निर्वाचनमा कालो बादल ढाकिदिएको छ।

             अफ्गान स्वतन्त्र निर्वाचन समितिको निर्वाचन मामिला उप प्रमुख जेकरिया बाराक्जाइले हिजो तेह्र तारिखका दिन बोल्दै पहिलो योजनाका अनुसार स्थापित सात हजार मतदान केन्द्रबाट घटेर छ हजार दुई सय वटासम्म झर्ने सम्भावना छ। त्यसको कारण के हो भने ती ठाउँहरुमा सुरक्षाको प्रत्याभूति छैन। हाल तालेवान सशस्त्र शक्तिले अफगानिस्तानको निर्वाचनका लागि देखाउँदै आएका त्रास-धम्की निरन्तर रुपमा बढ्दै आएको देखिन्छ। तालेवानले मस्जिदमा भेला हुने, पूर्जी वितरण गर्ने र रेडियोको प्रसारण गर्ने आदि पद्धतिहरुव्दारा निर्वाचनमा भाग नलिन भनेका छन् नत्र भने भयङ्कर दण्ड-सजाय पाउन सक्ने भनेर मतदाताहरुलाई चेतावनी गर्दै आएको छ। त्यति मात्र नभई गाज्नी प्रान्तको तालेवानले मानिसहरुलाई त्रास-धम्की गरी के कुरा भएको छ भने मतदान गर्नुअघिका केही दिनभित्र बजार र स्कुललाई बन्द गर्नुपर्छ र सबै मानिसहरुले मतदान केन्द्रतिर नजिकिनु हुँदैन।

            हिजो तेह्र तारिखका दिन दक्षिण अफगानिस्तानमा पर्ने हेल्मान्द प्रान्तमा बम विस्फोट भएको थियो। त्यसमा परी चौध जना मारिएका छन्। स्थानीय प्रहरी व्यूरोको ठहरअनुसार तालेवान नै यस पटकको विस्फोटको घटनाको पछाडिको कालो हात हो।

            विश्लेषकको ठहरअनुसार अफगानिस्तान सरकारका लागि होस् वा अमेरिकी सरकार एवम् त्यसका संगतिहरुका लागि होस्, अफगानिस्तानमा हुन लागेको निर्वाचन एकदमै महत्वपूर्ण छ। उक्त निर्वाचनको सफलताबाट सात वर्षसम्मको लडाइँमार्फत् अफगानिस्तान शान्ति र स्थायित्वतिर गइरहेको छ भनेर सावित गरिने छ। उता तालेवान सशस्त्र शक्तिले धम्की र हिंसात्मक प्रहारमार्फत उपर्युक्त निर्वाचनलाई भाङ्गभुङ्ग गरी निर्वाचनको विश्वासिलो दर घटाएर तालेवानको आफ्नै शक्ति देखाउन खोज्दै आएको छ। त्यसै भएको हुनाले निर्वाचन सुचारु रुपमा चल्न सक्छ कि सक्दैन भन्ने कुरा चाहिं अफगानिस्तानको भावी परिस्थिति स्थिरतातिर जाने कि अझै पनि गोलमाल हुने कुरासित सम्बन्धित् छ।

             यसै महिनाको पाँच तारिखका दिन नेटोका नयाँ सचिवले अकस्मात् अफगानिस्तानको भ्रमण गर्नुभएको थियो। उहाँको एक महत्वपूर्ण उद्देश्य चाहिँ अहमेद वाली कार्जाइसित अफगानिस्तानको निर्वाचनको अवसरमा कसरी सुरक्षाको प्रतित्याभूति गर्नेबारे छलफल गर्नु हो।

             यस्तो जटिल परिस्थितिको अवस्थामा अफगानिस्तानको निर्वाचन सुचारु रुपमा चल्छ कि चल्दैन, सफल हुने छ कि छैन, श्री कार्जाइ निरन्तर नियुक्त हुनुहुने छ कि छैन, युद्धको चेपुवामा परिरहेका अफ्गानी जनताहरुले अबदेखि सुरक्षित र नियमित जीवन बिताउन पाउने छन् कि छैनन् भन्ने कुराहरु त अझै पनि परिवर्तन हुन सक्नेछन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040