china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तालिवान सशस्त्र शक्तिबाट अफगानी आम-निर्वाचनलाई रोक्न नसक्नेः चीनका लागि अफगानी राजदूत
    (GMT+08:00) 2009-08-18 18:28:40    

                यसै महिनाको बीस तारिखका दिन अफगानीस्तानमा तालिवान सत्ता पल्टाइएपछिको दोस्रो आम-निर्वाचन आयोजना हुने भएको छ। तर उक्त निर्वाचनको आयोजना हुनुअघिका केही दिनमा तालिवान सशस्त्र शक्तिले अफगानीस्तानस्थित नेटो अन्तर्राष्ट्रिय सुरक्षा उद्धार फौजको मुख्यालयलाई आत्मघाती प्रहार गरेको साथै विभिन्न मतदान केन्द्रलाई पनि प्रत्यक्ष प्रहार गरेको छ। चीनका लागि अफगानी नवनियुक्त राजदूत सुल्तान अहमद बाहीनले तालिवान सशस्त्र शक्तिको हिंसात्मक गतिविधिले आम-निर्वाचन रोक्न नसक्ने ठहर व्यक्त गर्नुभएको छ। अब सुनौं , हाम्रो रेडियोका सम्बाददाताले पठाउनुभएको सम्बन्धित विस्तृत विवरणः

                गत पन्ध्र तारिखका दिन तालिवान सशस्त्र शक्तिको एक जनाले अफगानीस्तानको राजधानी काबुलस्थित नेटोको सुरक्षा उद्धार फौजको मुख्यालय अगाडी बम बर्षाएको थियो । उक्त बिस्फोटनमा परी कम्तीमा सात जनाको मृत्यु भएको साथै एक सय जना घाइते भए। गत जुलाई महिनाको अन्तमा तालिवान सशस्त्र शक्तिले आम-निर्वाचनको विरोध गर्ने घोषणा गरेपछि उत्पन्न भएको यो सबभन्दा गम्भीर प्रहार हो। यसले आयोजना हुन लागेको आम-निर्वाचनमा नकारात्मक असर पारेकोछ। यसबारे चर्चा गर्दै चीनका लागि नवनियुक्त अफगानी राजदूत सुल्तानले भन्नुभयोः "यस्ता हिंसात्मक गतिविधिले जसरी पनि एउटा प्रजातान्त्रिक तथा स्वतन्त्र मुलुक बनाउने अफगानीहरूको निश्चिततालाई हल्लाउन सक्दैन। हालै अफगानीस्तानमा थुप्रै सुरक्षा प्रबन्धहरु राखिएका छन् र निर्वाचनसम्बन्धी विविध काम सुचारु रुपमा भैरहेको छ। कुनै शक्तिले यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजनाको क्रममा बाधा पुर्‍याउन नसक्ने विश्वास मैले लिएको छु।"

                   सन् 2001देखि अफगानिस्तानमा तालिवान सत्ता भत्काइएपछि तालिवान सशस्त्र शक्ति तत्वहरुले प्रहार गर्दै आएका छन्। बितेका केही वर्षमा ती प्रहारहरु बढ्दै आएको देखिन्छ। प्राप्त तथ्याङ्कअनुसार, चालू वर्षको जुलाइ महिनामा भएका विविध संघर्षमा अफगानीस्तानस्थित अमेरिकी सेनाका कम्तिमा बयालीस जना मारिएका छन् र अफगानीस्तानस्थित विदेशी सेनाको मृत्यु पनि पचहत्तर पुगेको छ। तापनि राजदूत सुल्तानले अफगानीस्तानमा तालिवानको शक्ति संचारमाध्यमले जनाएको यो पुष्टि बलियो होइन भनी औ‌ल्याउँनुभयो। तालिवानलाई प्रहार गर्न अफगान सरकारले चालिरहेका दुईवटा कदमबारे जानकारी दिँदै राजदूत सुल्तानले भन्नुभयोः "अल-काइदा सं‌गठनलगायतका आतंकबादी शक्ति एवम् तस्कर व्यापार समूहले तालिवानको नाँउमा नराम्रा काम गर्ने गरेकाछन्। वास्तवमा तालिवान सशस्त्र शक्ति हामीले सोचेजस्तो बलियो छैन। अफगानी सरकारका वर्तमान नीति यस प्रकार छनः अफगानी संविधानलाई स्विकार गरेर हात-हतियार छोड्ने विचार गरेकाहरुसँग अफगान सरकारले पुनः वार्ता गर्ने साथै उनीहरुको दैनिक जीवनलाई पनि सहयोग गर्ने छ भने सं‍विधान प्रारुपमा पछि नहट्ने उग्रबादी तत्वलाई सरकारले अडिगताका साथ प्रहार गर्दै जानेछ।"

                  हालै चीनलगायत अन्तर्राष्ट्रिय समाजले अफगानको पुनर्निर्माण कार्यको समर्थन दिँदै आएको कुरा राजदूत सुल्तानले बताउनुभयो। "सबै अफगानी तथा अफगान सरकारले चीनसँग घनिष्ट सम्पर्क राख्ने इच्छा लिएका छन। अफगानीस्तानका छिमेकी मुलुकहरुमध्ये चीन सबभन्दा ठूलो मुलुक हो। अफगानको पुनर्निर्माणको क्रममा चीनले धेरै सहयोग प्रदान गर्दै आएको छ। चीनसँगको सहयोगलाई सबल पारी चीनसँग अग्र तथा बैज्ञानिक प्रविधिबाट सिक्ने आशा हामीले लिएका छौं। यसले गर्दा हमी मात्र नभई चीनका लागि पनि लाभ प्राप्त हुनेछ।"

                  अफगानीस्तानको भविष्यबारे चर्चा गर्दै राजदूत सुल्तानले भन्नुभयोः अफगानी जनताले अन्तर्राष्ट्रिय समाजको अझ बढी सहयोग पाउने र अन्तर्राष्ट्रिय क्षेत्रको राजनैतिक मामिलामा भाग लिने आशा पनि लिएका छन्।

                  "यहाँनिर म दुईवटा कुरा भन्न चाहन्छुः एउटा भनेको हामीसँग मैत्रीपूर्ण सम्बन्ध राखेका मुलुकहरु अफगानको पुनर्निर्माणमा अझ धेरै सहयोग दिने हाम्रो अपेक्षा रहेको छ भने अर्को कुरा अफगानीस्तानले अन्तर्राष्ट्रिय समाजबाट अझ धेरै सहयोग पाउने मात्र नभई अन्तर्राष्ट्रिय राजनैतिक तथा आर्थिक मामिलामा पनि भाग लिने आशा लिएको छ। यसले गर्दा एक-अर्काका लागि हितयुक्त वातावरण सिर्जना गर्न सकिनेछ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040