china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    1 अगस्त 1955का लागि हार्दिक मंगलमय शुभकामना दोस्रो भाग
    (GMT+08:00) 2009-08-18 19:07:37    

            नेपाल चीन मैत्री सम्वन्ध सदासदा अमर रहोस 1

             नेपाल र चीन बीच प्राचीनकालदेखि रहदै आएको घनिष्ट सम्वन्ध अझ गाढा र प्रगाढ रहोस्।

             नेपाल र चीन बीचको सम्वन्ध हिमालयभन्दा उच्च र सुमुद्रभन्दा गहिरो रहदै आएको पाइन्छ। यसबाट पनि नेपाल र चीन बीचमा रहेको सम्वन्धको आवश्यकता र महत्वलाई पुष्टि गर्दछ । प्राचीनकालदेखि नै नेपाल र चीनबीच आपसी सम्वन्ध कायम रहदै आएको छ । यी दुवै मुलुक बीच परापूर्वकालदेखि नै आर्थिक, सामाजिक, साँस्कृतिक एवं बैवाहिक सम्वन्ध रहदै आएको छ ।

             यी दुवै मुलुकका विद्धान, उच्चपदस्थ कर्मचारी, सरकारी प्रतिनिधि, व्यापारी तथा जनता एक अर्का मुलुकमा आउने जाने प्रकृया स्वतन्त्र रुपले पौराणिक कालदेखि नै चल्दै आएको पाइन्छ । आधुनिक नेपालका स्वाभिमानका जनक स्वर्गीय श्री ५ महेन्द्रबाट चीनसँग बढाईबक्सिएको कूटनीतिक सम्वन्धले छोटो समयमा नै मुर्तरुप लिएको थियो । प्राचीनकालदेखि हालसम्म भएका चीन नेपाल बीचको असल सम्वन्ध झल्काउने तथ्यहरुलाई छोटकरीमा उल्लेख गर्ने प्रयास गरेको छु। शान्तिको सह अस्तित्वका पाँच सिद्धान्तका आधारमा कूटनीतिक सम्वन्ध स्थापना भएदेखि दुवै राष्ट्र बीच अति नै सुमधुर सम्वन्ध कायम रहदै आएको छ । दुवै राष्ट्रले आपसी सदभावनाले सीमा सम्झौता गरेका छन् भने नेपालको विकासमा चीनको आर्थिक तथा भौतिक सहयोग उल्लेखनीय छ ।

               नेपालले चीनको स्वसाशित क्षेत्र तिब्वतलाई चीनको अभिन्न अंगकोको रुपमा मान्यता प्रदान गरेको छ । नेपालले आफ्नो भूमिमा चीन विरोधी कुनै पनि क्रियाकलापहरु हुन नदिने नीति अवलम्वन गरेको छ । नेपालले थाइवानलाई चीनको अभिन्न अंग मान्दै मान्यता दिएर निरन्तर रुपले एक चीनको नीतिलाई समर्थन गर्दै आएको छ । चीनलाई संयुक्त राष्ट्र संघमा सदस्यता दिने निर्णयमा नेपालले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । दुवै देशका जनताको व्यापारिक तथा पर्यटकीय रुपमा आवत जावत जारिरहेको सन्दर्भमा नेपालले चिनियाँ पर्यटकहरुलाई आकर्षण गर्न नेपाली रुपैया र चिनियाँ युआन बीच सटही सुविधा उपलब्ध गराएको छ। साथै, नेपाल सरकारले चिनियाँ पर्यटकलाई निशुल्क प्रवेशाज्ञाको व्यवस्था गरेको छ । नेपाल र चीन बीचमा पर्यटन क्षेत्रमा आपसी सहयोग बढाउनको लागि चीनको स्वाशासित क्षेत्र तिब्वत जनसरकार र नेपाल सरकारको संयुक्त समितिको गठन गरिएको छ ।

                नेपाल र चीन बीचको मैत्री तथा व्यापारिक सम्वन्धलाई जनस्तरबाट नै बलियो बनाउन नेपालमा सी. आर. आई. श्रोता क्लवहरुको राष्ट्रिय परिषद्, नेपाल चीन मैत्री संघ, चीन अध्ययन केन्द्र, नेपाल चीन समाज, अरनिको समाज नेपाल, नेपाल चीन कार्यकारी परिषद, नेपाल हिमालय सीमापार व्यापार संघ, नेपाल चीन गैर सरकारी सहयोग मञ्च, नेपाल हिमालयपार वाणिज्य संघ आदी मैत्री तथा व्यापारिक संघ संस्थाहरु स्थापना भएका छन् । चीनमा पनि नेपाल सम्वन्धी "नेपाल मैत्री संघ" जस्ता संघ संस्थाहरु स्थापना भएका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040