
तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्ष पाइमाछिरनले चीन सरकारले तिब्बत स्वायत्त प्रदेशलाई वैदेशिक व्यापार र करनीतिमा धेरै सहुलियत दिएको बताउनुभएको छ।
तिब्बतको ल्हासामा आज सी.आर.आईका.चिनियाँ तथा विदेशी पत्रकारहरुबाट सोधिएको प्रश्नको जवाफ दिंदै उपाध्यक्ष छिरनले चीन सरकारको पूर्ण लगानीमा रेलमार्गका साथै सडक मार्गको निर्माण गरी विकासको बाटोमा फड्को मार्न तिब्बतलाई सहयोग पुर्याएको बताउनुभयो।
विगत पचास वर्षमा आर्थिक तथा सामाजिक क्षेत्रमा तिब्बतले ठूलो प्रगति हासिल गरेको विवरण उपाध्यक्षले प्रस्तुत गर्नुभयो।
सोही कार्यक्रममा तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्ष पाईमाछिरनले सी.आर.आईका.चिनियाँ तथा विदेशी पत्रकारहरुलाई तिब्बत भ्रमणका लागि स्वागत गर्नुहुँदै झण्डा हस्तान्तरण गर्नुभयो।
|