china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सुरक्षा समस्या अफगानिस्तानको राष्ट्रपतीय निर्वाचनका लागि अझ पनि सबैभन्दा ठूलो चुनौति
    (GMT+08:00) 2009-08-20 19:25:35    

                आज अफगानिस्तानको राष्ट्रपति पदको निर्वाचनका लागि मतदान गर्ने दिन आउने बेला अफगानिस्तानको राजधानी काबुलमा फेरि हिंसात्मक घटना भएको छ । राष्ट्रपतिको निर्वाचनका लागि मतदान गर्ने दिनको सुरक्षालाई कसरी संरक्षण गर्नु अफगानिस्तान सरकार र अफगानिस्तानमा तैनाथ विदेशी फौजका लागि सबैभन्दा ठूलो चुनौति बनेको छ ।

               बहु सशस्त्र तत्वहरुले बिहान सबेरै राजधानी काबुलको केन्द्रमा अवस्थित एउटा बैंकको कार्यालयमा लुकीलुकी पसेका थिए , सो खबर पाएपछि आएका अफगानी सुरक्षा फौज र प्रहरीले छिटो रुपमा तत्स्थानलाई धावा बोलेर कार्यालयमा पसेर उक्त सशस्त्र तत्वहरुसित केही घण्टासम्म गोली हानाहान गरी तीनजना सशस्त्र  तत्वहरुलाई मारेका कुरालाई हिजो अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता बाशारीले सावित गर्नुभयो । बाशारीले उक्त सशस्त्र तत्वहरु साधारण डांका हुन् तालीवान संगठनसित सम्बन्धित नरहेको कुरा बताउनुभए ता पनि धेरै मानिसको ठहरअनुसार ती सशस्त्र तत्वहरु तालीवान संगठनका सदस्य नै हुन् । तिनीहरुले आक्रमण गरेका लक्ष्य भोलिपल्टको राष्ट्रपतिको निर्वाचन बापत मतदान कार्यलाई बिगार्नु हो। उक्त घटना भएको सोही दिन तालीवान संगठनका प्रवक्ता मुजाहिदले बोल्दै बीसजना आत्महत्या खालका आक्रमक काबुलमा लुकेर पसेका कुरा बताउनुभयो । सो प्रवक्ताका अनुसार तिनीहरु सबैले आत्महत्या खालको बमसहित गैंची लाएका छन् र तिनीहरुमध्येका पांचजनाले पुलिससित गोली हानाहान गरिरहेका थिए ।

                  अफगानिस्तानको आम निर्वाचनलाई बिगार्ने कुचेष्टा गर्नका लागि पछिल्लो केही दिनदेखि तालीवान सशस्त्र संगठनले अफगानिस्तानका विभिन्न ठाउंमा आक्रमण कारवाईलाई तीव्र पार्दै आएको छ । बितेको एक हप्तामा मात्र अफगानिस्तानको राजधानी काबुलमा बढी भयांनक हिंसात्मक आक्रमण घटना भएका थिइ । पन्ध्र तारीखका दिन अफगानिस्तानमा तैनाथ नेटो संगठन रक्षक सहायता फौजको मुख्यालयको ढोका अगाडि आत्म-घातक विस्फोटन भएको थियो । जसले गर्दा सातजनाको मृत्यु हुनुका साथै एकान्नव्वे जना घाइते भएका थिए । अठार तारीखका दिन अफगानिस्तानको राष्ट्रपति निवास र पुलिस थानाको मुख्यालयमाथि रकेट-बमको प्रहार गरिएको थियो ।

                काबुल शहरबाहिर रहेको विदेशी सेनाको सवारी टोलीमाथि पनि आत्म-घातक गाडी-बमको आक्रमण गरिएको थियो । जसले गर्दा दुईजना अफगानिस्तान नागरिकता रहेका राष्ट्र संघीय कार्यकर्ता लगायतका सातजनाको मृत्यु हुनुका साथै पचासजनाभन्दा बढी मानिसहरु घाइते भएका थिए । विश्लेषकका अनुसार पछिल्ला केही समयमा तालीवान संगठनको शक्ति पूर्व र दक्षिणी भेगबाट क्रमशः पश्चिम र उत्तरी भेगसम्म बढ्दै आएको छ । बितेका केही महिनादेखि अफगानिस्तानमा तैनाथ नेटो संगठनको सेनामा मर्नेहरुको संख्या पनि बढ्दै आएको देखिन्छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040