china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तालिवानको आक्रमणको जोखिममा पनि अफगानिस्तानको आम निर्वाचन सुचारु रुपमा सम्पन्न
    (GMT+08:00) 2009-08-21 19:10:15    

               निकै ध्यानाकर्षण भएको अफगानिस्तानका राष्ट्रपतिको निर्वाचन बीस तारीख बिहान सात बजेतिर राष्ट्रभरिका चौंतीसवटा प्रान्तमा सुरु भएको थियो र सो दिन दिउँसो पांच बजेसम्म सम्पन्न भएको थियो। त्यसपछि मतगणना सुरु भइहाल्यो । तालीवानको हिंसात्मक धम्की जारी रहेता पनि मतदान अझ पनि आक्रमणको खतरामै सुचारु रुपमा सम्पन्न भएको थियो । पूर्व बन्दोबस्तका अनुसार राष्ट्रपतिको निर्वाचनको प्रारम्भिक परिणाम चालू महिनाको बाइस तारीख निस्कनेछ । सेप्टेम्बर तीन तारीखका दिन सो परिणामको पूरा बेहोरा जाहेर गरिनेछ र सेप्टेम्बर सत्र तारीखका दिन अन्तिम परिणामलाई निश्चित पारिनेछ ।

             चालू आम निर्वाचन सन् दुइ हजार एकमा तालिवान सत्ता पल्टाइएपछि अफगानिस्तानमा आयोजित भएको दोस्रो राष्ट्रिय आम निर्वाचन हो । हिजो सात बजेतिर अफगानिस्तानका वर्तमान राष्ट्रपति कार्जाईले परम्परागत पोशाक लाएर राष्ट्रपति निवासदेखि नजिक माध्यमिक विद्यालयमा राखिएको मतदान केन्द्रमा गएर आफ्नो निर्वाचन-अधिकारको उपयोग गर्नुभयो । सो अवसरमा उहांले अफगानी जनताले तालिवानको त्रास-धम्कीदेखि आफ्नो शिर नझुकाई मतदानमा सक्रियताका साथ सहभागी भएर अफगानिस्तानलाई झन सुरक्षित , शान्त र रमणीय मुलुकका रुपमा बनाउने आव्हान गर्नुभयो ।

                तालिवानको त्रास धम्कीबाट पुर्‍याइएको प्रभावलाई सकेसम्म कम पार्नका लागि अफगानिस्तानका विभिन्न ठाउँमा रहेका मतदान केन्द्रको भित्र र बाहित उच्च सतर्क रहेको थियो । यसरी भए पनि मत हाल्ने दिनको परिस्थिति अझ तनावपूर्ण रहेको थियो । सो दिन अफगानिस्तानको राष्ट्रभरिमा कूल त्रिहत्तरवटा हिंसात्मक आक्रमण घटना भएका थिए । राष्ट्रभरिका छ हजार पांच सय उन्नाइसवटा मतदान केन्द्रमा छ हजार एक सय उनन्सयवटा मतदान केन्द्रमा मात्र मतदाताले सुचारु रुपमा मत हालेका थिए ।

              सोही दिन बिहान सबेरैदेखि काबुल , हेल्मेन्द प्रान्त ,बाघ्लान प्रान्त आदि क्षेत्रमा धेरै हिंसात्मक घटना भएका थिए । जसले गर्दा पचासजनाभन्दा बढी मानिसहरुको मृत्यु भएको थियो । राजधानी काबुलमा सोही कमसेकम पांचवटा बम-विस्फोटन घटना भएका थिए। उत्तरी भागको बाघ्लान प्रान्तमा सशस्त्र तत्वहरुले सोही दिन कम्तीमा चौधवटा मतदान केन्द्रलाई आक्रमण गरेका थिए । जसले गर्दा ती मतदान केन्द्रहरु अस्थायी रुपमा बन्द हुन बाध्य भएका थिए । दक्षिण भेगमा पर्ने हेल्मेन्द प्रान्तमा केही क्षेत्रलाई कम्तीमा बीसवटा रकेटबमव्दारा प्रहार गरिएको थियो । तीमध्येको एउटा रकेट-बम एउटा मतदान केन्द्र नजिक स्थानमा हानिएको थियो । जसबाट कम्तीमा एकजना बालको मृत्य भएको थियो । अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रवक्ता मोहमद जाहिर अजिमिले उक्त आक्रमणलाई प्रमाणित गर्नुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040