
तिब्बतमा अहिले पर्यटकीय मौसम शुरु भएको छ र हजारौं पर्यटक तिब्बत भ्रमणमा रहेका छन्। यसै क्रममा विदेशी पर्यटकले जीवनमा एक पटक तिब्बत घुम्ने चाहना राख्ने गरेको नेपाली पर्यटन व्यवसायी बताउछन्।
तिब्बतको सिमाछेमा हामीसँगको कुराकानीमा नेपाली पर्यटन व्यवसायीले नौलो प्राकृतिक वातावरणको अनुभव, पोताला दरवारको अवलोकन र सगरमाथाको आरोहण गर्ने प्रमुख उद्देश्यले पर्यटकहरु तिब्बत आउने गरेको बताए।
काठमाडौबाट सोह्र जना वेलायती पर्यटक लिएर तिब्बत आएका प्रेम गुरुङ्गले सिगाछेमा हामीसँगको कुराकानीमा नेपाल आउने अधिकाँश पर्यटकले तिब्बत आउने चाहना राख्ने गरेको बताए।
यस्तै सिगाछेमा रहेको मानसरोबार होटलका म्यानेजर नेपाली छोम्जिन तिब्बतको पुरातात्विक साँस्कृतिक वस्तुको अवलोकनका लागि पर्यटक आउने गरेका र भ्रमण पछि खुशी भएर फर्कने गरेको बताउछन्।
सी.आर.आई.को चिनियाँ तथा विदेशी पत्रकारहरुको टोली सिमावर्ती क्षेत्रको अवलोकन भ्रमणमा हिजो तिब्बतको सिगाछे आइपुग्दा यहाँ रहेका होटलहरुमा विदेशी पर्यटक खचाखच हुनुले पनि तिब्बतप्रतिको पर्यटकको आकर्षणलाई पुष्टी गर्दछ।
सीआरआई
प्रतिभा
सिगाछे
|