
खासाको पाङ्ग गाउँमा स्थानिय शेर्पाहरु मिलेर पर्यटकिय आवास भवन तथा अन्य पर्यटकिय पुर्वाधार तयार गरेपछी खासा आउने पर्यटकहरु अहीले वस्नका लागि पाङ्ग गाउँ नै पुग्ने गर्न थालेका छन्।
वरिपरी हरिया डाँडा र ति डाँडावाट झरेका झर्ना र तल खासा वजार पुरै देख्न सकिने भएकोले खासाको पाङ्ग गाउँ साच्चि नै पर्यटकिय आकर्षणको केन्द्र वनेको छ।
पाँच बर्ष अघि चालीस घर स्थानिय शेर्पा, चीन सरकार र तिब्वत स्वतयत्त प्रदेशको संयुक्त प्रयासमा तीस कोठाको पर्यटक आवास गृह र पौडी पोखरीको निर्माण भएको गाल्जेन शेर्पाले बताए।

गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेपछि एक चालिस जना स्थानीय वेरोजगार युवायुवतीले अहिले त्यहींनै काम पाएका छन्। त्यसबाट उनीहरुको दैनिक घर खर्च पनि सचिलै चलेको छ।
गाउँ पर्यटकीय केन्द्रको रुपमा विकास भएपछि त्यहाँका शेर्पाहरुको शैक्षिक चेतना र सामाजिक रहनसहनमा पनि धेरै नै परिवर्तन भएको छ।
|