china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    1 अगस्त 1955का लागि हार्दिक मंगलमय शुभकामना तेस्रो भाग
    (GMT+08:00) 2009-08-25 10:29:06    

            नेपाल चीन मैत्री सम्वन्ध सदासदा अमर रहोस 1

            नेपाल र चीन बीच प्राचीनकालदेखि रहदै आएको घनिष्ट सम्वन्ध अझ गाढा र प्रगाढ रहोस्।

            यसरी, माथि उल्लेखित केहि विषयवस्तुहरु बाहेक नेपाल र चीन बीचको सम्वन्ध झन झन गाढा र घनिष्ट बनाउन, राजा, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रतिनिधि सभाका सभामुख, उप सभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, पार्टीका उच्च पदाधिकारीहरु, सरकारी तहका उच्चपदस्थ कर्मचारीहरु, एक देशबाट अर्को देशमा आउने जाने तथा विविध क्रियाकलापहरुबाट दुई देशको सम्वन्धलाई प्राचीनकालदेखि नै बलियो र सुमधुर बनाउने प्रयास भइरहेको पाइन्छ । प्राचीनकालदेखि हालसम्म कहिल्यै पनि नेपाल र चीन बीचको सम्वन्धमा चिसोपन आएको छैन । यी दुई देश बीच दिन प्रतिदिन अझ नजिकको सम्वन्ध बनाउने प्रयास भइरहेको छ । नेपाल र चीन बीचका सम्वन्धमा गाढापन र घनिष्टता समयको प्रवाहसँगै बढ्दै गइरहेको छ र गइरहने पनि छ । हामीलाई पूर्ण बिश्वास छ, नेपाल र चीनको सम्वन्ध ध्रुवतारा जस्तै सधै अटल, अमर रहिरहने र चम्किरहने तथा मखमली फुल जस्तै सधै ताजा रहने छ ।

             नेपालमा चिनियाँको सहयोग नेपाल र चीन एक असल मित्र हुन भन्ने कुरा सर्वविदित नै छ । नयाँ चीनको स्थापनादेखि चीनले नेपाललाई अत्यधिक मात्रामा आर्थिक र भौतिक सहयोग प्रदान गर्दै आइरहेको छ । नेपालको आर्थिक, सामाजिक, तथा पुर्वाधार विकासमा मित्रराष्ट्र चीनको महत्वपूर्ण र ऐतिहासिक सहयोग निरन्तर रहदै आएको छ । चीनले नेपाललाई गर्ने सहयोग निस्वार्थ र छिमेकी मुलुकको नाताको छ । चीनले जहिले पनि नेपाल र नेपाली जनताहरुको उत्थानको परिकल्पना गरेको देखिन्छ । एउटी आमाले दिने माया, ममता र स्नेहको भावनाले चीनले नेपाल र नेपाली जनताहरुलाई दिदै, हेर्दै र हेर विचार गर्दै आईरहेको छ । सर्वप्रथम, सन् 1956 को अक्टुवरमा नेपाल र चीन बीच पहिलो पटक आर्थिक सहायता सम्वन्धि समझौंतामा हस्ताक्षर भएको थियो । त्यसपछि, चीनले नेपाललाई विकासका विविध क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको पाइन्छ ।

             चीनले नेपाललाई खासगरी उच्चस्तरिय भ्रमणको सिलशिलामा दुई मुलुक बीच सहमति भएका योजनाहरुमा सहयोग प्रदान गर्दै आइरहेको पाईन्छ । चीनले नेपालको यातायात, स्वास्थ्य, जलश्रोत, उद्योग, शिक्षा, खेलकूदलगायतका पूर्वाधार विकास र निर्माण क्षेत्रको सहयोगलाई विशेष प्राथमिकतामा राख्दै आएको छ । यी सहयोगले नेपाली जनताको आर्थिक विकास गर्न तथा सामाजिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुर्याएका छन्। हिमाली पर्खालबाट छेकिएका नेपाल र चीन बीचको भौगोलिक दुरी घटाउने प्रयास पनि द्रुतगतिले भइरहेका छन् । नेपाल र चीन बीच रहेका विश्व विख्यात हिम शिखर सगरमाथालगायतका चुचुरा, पहाड तथा नदी नालाहरुलाई नेपालका लागि चिनियाँ भूतपूर्व राजदुत महामहिम सुन ह फिङ नेपाल र चीनको मित्रताका प्रतीक र संगमस्थलको रुपमा परिचय दिन रुचाउँनु हुन्छ । । चीनको मुख्य शहर छिंहाईदेखि चीनको स्वाशासित क्षेत्र तिब्वतको सदरमुकाम ल्हासासम्म जोड्ने रेलमार्गको निर्माण कार्य भइसकेको छ। यो रेलमार्गले चीनको मुख्य शहर छिं हाईलाई ल्हासासँग जोड्दै नेपाली व्यापारीहरु आवतजावत गर्ने चिनियाँ क्षेत्र खासासम्म जोड्ने छ । यसबाट उत्तरी क्षेत्रमा बढ्ने आर्थिक गतिविधिबाट नेपालले निकै लाभ उठाउन सक्ने देखिन्छ । यस रेलमार्गलाई नेपालको सीमासम्म विस्तार गर्नको लागि चिनियाँ सरकारबाट अध्ययन भइरहेको छ। यो रेलमार्गको निर्माण भइसकेपछि यसले दक्षिण एशियाका नेपाललगायतका मुलुकहरुलाई व्यापारीक क्षेत्रमा निकै सघाउ पुर्याउने र नेपाललाई व्यापारीक केन्द्रको रुपमा विकसित गर्नेछ। यसरी, चीनले प्राचीनकालदेखि नै नेपालको हरेक क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

                चीनले संकटको बेलामा नेपाललाई सधै माया, ममता र सहयोग प्रदान गर्दै आएको छ भने नेपाल र नेपालीको हरेक दु:ख र कष्टमा साथ दिएको छ । नेपालले आर्थिक लगायतका क्षेत्रहरुमा सहयोग गर्न नसके तापनि चीनलाई सधै एउटा असल मित्रको रुपमा यथाशक्य र हार्दिक सर्मथन जनाएको छ । चीनले उठाएका हरेक कदममा नैतिक समर्थन जनाएर, चीन विरोधी गतिविधि हुन नदिएर अनि चीनले उठाएका कूटनीतिक पहलहरुमा समर्थन जनाएर, नेपालले असल मित्रको परिचय दिएको छ । हाम्रो सानो तथा सुन्दर मुलुक नेपाल र हामी नेपालीले चीनले हामीप्रति देखाएको माया, ममता तथा सहयोग प्रति हार्दिक आभार प्रकट गर्दछौं । आगामी दिनहरुमा पनि यी दुई देशबीचको सम्वन्धमा गाढापन र घनिष्टता थपिदै जाओस यहि हाम्रो शुभकामना ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040