चीनको सिमावर्ती क्षेत्रको स्थलगत अध्ययन भ्रमणका क्रममा तिब्वतमा रहेको सी.आर.आईको.चिनियाँ तथा विदेशी पत्रकारहरुको टोलीले हिजो सिगाछेका विभिन्न ऐतिहासिक तथा औधोगिक क्षेत्रको अवलोकन गर्यो।

भ्रमणका क्रममा पत्रकारहरुको टोलीले तेह्रौ शताब्दीमा तत्कालिन सरकारले कर उठाउन, मुद्धा मामिलाको सुनुवाई गर्न र न्याय निसाफ दिने कार्यमा प्रयोग गरेको ऐतिहासिक भवनको अवलोकन गर्यो।
त्यसै गरी सिगाछेमा रहेको सबैभन्दा ठूलो गलैचा कारखानाको निरीक्षण गरी गलैचा उत्पादन र विक्रीका विषयमा जानकारी लियो।

सन् 1988 मा स्थापना भएको सो कारखानाबाट उत्पादित गलैचा चीनका साथै विश्वका विभिन्न देशमा निर्यात हुने गर्दछ।
यसैगरी पत्रकारहरुको टोलीले तिब्बती प्रविधिमा आधारित रहेर चालीसभन्दा बढी जडिबुटिको प्रयोग गरी बनाउने धुप कारखानाको पनि अवलोकन गर्यो।
सीआरआई
प्रतिभा
सिगाछे
|