china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मितेरी पुलको पछिल्लो अंक बारे दोस्रो भाग
    (GMT+08:00) 2009-08-27 10:00:33    

    श्री आदरणीय प्रमुख ज्यु

    नेपाली विभाग

    चिनियाँ अन्तर्राष्ट्रिय रेडियो पैचिङ,

    जन गणतन्त्र चीन ।

              नयाँ वर्षको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष हु चिन थाउले दिनु भएको शुभकामना महान छ । उहाँले विगतको वर्ष 2008 चीनको लागि एक असामान्य वर्षको रुपमा लिनु भएको छ किनकी यस वर्षमा चीनले बाढी, पैरो तथा भुकम्प जस्ता प्राकृतिक विपत्तहिरुको सामना गर्नुपरेको थियो भने यसै वर्ष नै विश्वकै उदाहरणयोग्य कार्यहरु 29औं ओलम्पिक र 13औं प्यारा ओलम्पिक खेलको आयोजना गरेको थियो ।

              त्यस्तै यसै वर्षमा नै चीनले सेन्चौ नामक अन्तरिक्षयानलाई दुइजना चिनियाँ नागरिक सहित अन्तरिक्षमा सफल प्रक्षेपण गरेको थियो । राष्ट्राध्यक्ष हु चिन थाउले चालु वर्षको लागि उदाहरणयोग्य रणनीति बनाइने कुरा शुभकामनामा व्यक्त गर्नुभएको छ ।

               वहाँको शुभकामना सन्देश निकै प्रंशसायोग्य र विश्वलाई नै एक सफल, समृद्धि र शान्त गृह निर्माण गर्नेमा केन्द्रिय रहेको छ । त्यसैगरी, रेडियोका निर्देशक वाँग कँग नेनको शुभकामना सन्देश पनि कम प्रशंसनीय छैन । वहाँको शुभकामनाले पनि अन्तर्राष्ट्रिय.रेडियोको विगत, वर्तमान एवं भावी कार्यनीति एवं योजनाले भरिएको छ ।

               संक्षेपमा मितेरी पुलको यो अंक निकै नै स्तरीय एवं पठनयोग्य रहेको छ । यो अंक प्रकाशन भएको करीव 3 महिनाको अन्तराल पछि मात्र श्रोताहरुको माझ पुग्न सफल भएको छ । यो अंक समयमा नै श्रोताहरु माझ पुग्न सकेको भए अझ सुनमा सुगन्ध थपिने थियो कि भन्ने मेरो विश्वास रहेको छ । धन्यवाद ।

    भवदीय

    मान बहादुर खत्री

    सी.आर.आई रेडियो मोनिटर

    नेपालगञ्ज,

    बाँके नेपाल ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040