नयाँ चीनको स्थापना भएको साठीऔ बर्षको सन्दर्भ पारेर आयोजना गरिएको सी.आर.आईका.चिनियाँ तथा विदेशी पत्रकारहरुको तिब्वत भ्रमण आज सम्पन्न भयो।

तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्ष पाइमाछिलिनले तिब्बत भ्रमणका लागि स्वागत गर्दै झन्डा हस्तान्तरण गरेपछी भ्रमण शुरु गरेको तेत्तीस सदस्यीय सो स्वदेशी तथा विदेशी पत्रकारहरुको टोलीले तिब्वत भ्रमणका क्रममा ल्हासामा रहेको पोतला दरवारको अवलोकन, तिब्वतीहरुको माहान चाड सोतोन पर्वको बिषयमा जानकारी लिइ समाचार संप्रेषण गरेको थियो।
त्यसैगरी पत्रकारहरुको टोलीले चीन नेपाल सिमा क्षेत्र खासामा पुगी दुई देशविचको व्यापारीक स्थितिको बिषयमा जानकारी लिनुका साथै खासामा रहेको पाङ्ग गाउँमा शेर्पा जातीले विकाश गरेको पर्यटकीय क्षेत्रको अवलोकन गरेको थियो।

यसैगरी तिब्वतको सिगाछेमा रहेका ऐतिहासिक, पुरातात्विक वस्तुको अवलोकन एवं औधोगिक क्षेत्रको भ्रमण पनि पत्रकारहरुको टोलीले गरेको थियो।
|