china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको 34 वार्षिकोत्सवको उपलक्ष्यमा श्रोताहरुबाट आएको शुभकामना पहिलो भाग
    (GMT+08:00) 2009-09-01 14:14:18    

              श्री शैलेश्थान सी.आर.आई. मैत्री क्लबका अध्यक्ष भुपाल दास श्रेष्ठ सी.आर.आई. नेपाली सेवाका पुराना साथी र नसयमसत श्रोता हुनुहुन्छ। सी.आर.आई. श्रोता क्लव राष्ट्रिय परिषद् नेपालको स्थापनामा उहाँ धेरै संयोजकहरुमध्येका एक हुनुहुन्छ।

              हालै श्री शैलेश्थान सी.आर.आई. मैत्री क्लब हामीलाई पठाउनुभएको पत्रमा भनिए अनुसार -

               चिनियाँ अन्तर्राष्ट्रि रेडियो पूरै बीश्व भरी प्रसारण गरिने छिमेकी मित्र राष्ट्र चीनको एकमात्र अन्तर्राष्ट्रिय रेडियो हो । यसको उद्धेश्य चीन र बीश्वका बीभिन्न देशका जनता बीचको समझदारी र मित्रतालाई अझ सुद्धृढ र सुमधुर पार्नु रहेको छ । सी.आर.आई.को स्थापना सन् 1941 को डिसेम्वर 3 तारिखका दिन भएको हो । हाल यस रेडियोबाट हरेक दिन नेपाली लगायत बीश्वका 43 वटा भाषामा संसार भरि प्रसारण भइरहेको छ । सन् 1975 को जुन 25 तारिखका दिन देखि प्रसारण आरम्भ गरेको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाले अहिले 34 बसन्त पार गरिसकेको छ ।

               बीगत 34 वर्ष देखि लगातार रुपमा समसामयिक समाचारका साथै चीन सम्बन्धी जानकारी दिने बीभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको सी.आर.आई. नेपाली सेवाका नेपालमा असंख्य श्रोताहरु रहेका छन् भने संगठित रुपमा देशका बीभिन्न भागमा स्वयच्छिक रुपमा गठन भएका सकि्रय रहेका हालसम्म 700 सय भन्दा बढी श्रोता क्लबहरु छन् भने सन् 1996 मा यी श्रोता क्लबहरुको छाता संगठनको रुपमा सी.आर.आई. श्रोता क्लबहरुको राष्टिय परिषद नेपालको केन्द्रिय कार्य समितीको समेत गठन भएको छ । नेपाली जनता र चिनियाँ जनता वीच जनस्तरबाट सदियौ अघि देखिको मित्रतालाई अझ सुदृढ बनाउने दुई देश बीचको बायुपुलका रुपमा श्रोताहरुले ब्याख्या गर्नु भएको सी.आर.आई. नेपाली सेवाले सन् 1991 देखि यता समय समयमा बीभिन्न ज्ञान बीज्ञान प्रतियोगिता आयोजना गरी सो मा बीजयी भएका बीशेष पुरस्कार प्राप्त बीजेता र आमन्त्रित नेपाली श्रोता मित्रहरुले गर्नु भएको निशुल्क चीनको भ्रमणबाट सी.आर.आई. नेपाली सेवा र श्रोताहरु बीचको सम्बन्धमा, मित्रतामा अरु ईटा थपिएको छ ।

               सी.आर.ई. नेपाली सेवाले विगत समय समयमा आयोजना गरेको बीभिन्न ज्ञान बीज्ञान प्रतियोगितामा बिजयी भएर बिशेष पुरस्कार प्राप्त गरी निशुल्क चीन भ्रमणको अवसर प्राप्त गरी हाल सम्म १२ जना श्रोताहरु चीन भ्रमणमा गई सक्नु भएको छ । यस रौतहट जिल्ला बाट सन 1975 मा श्री शैलेश्थान सी.आर.आई. मैत्री क्लबका अध्यक्ष भुपाल दास श्रेष्ठ चीन भ्रमणमा जाने केहि सौभ्यशाली श्रोताहरु मध्य एक हुनु हुन्छ । त्यसका साथै प्रथम , द्बितीय र त्रृतिय पुरस्कार वापत अन्य बहुमुल्य पुरस्कार समेत सी.आर.आई.ले आफ्ना श्रोताहरुलाई उपलब्ध गराउँदै आएको छ ।

               सोही क्रममा जब सी.आर.आई.ले जुन ज्ञान विज्ञान प्रतियोगिता चखलेको छ, जब हामीले यसै ज्ञान विज्ञान प्रतियोगिता सम्बन्धी लेखहरु र प्रश्न पत्र हाम्रो स्थानिय पित्रकामा छाप्छौं। जस्तो- गत वर्ष 2008 को अक्टुवर 15 तारिख देखी यस वर्ष सन् 2009 अप्रिल 15 तारिखसम्म सी.आर.आई.ले श छुआन प्रान्तीय पर्यटन ब्यूरोसँग मिलेर संयुक्त रुपमा रमणिय र्श छुआन प्रान्तमा पर्यटन सम्बन्धी ज्ञान विज्ञान प्रतियोगिताको आयोजना गरिरहेको थियो , हामीले रौकटको साप्ताहिक पत्रिकामा राखी उक्त प्रतियोगिता बारे प्रसार प्रचार गरेका थियौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040