china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चोखाङ्ग मन्दिरको भ्रमण
    (GMT+08:00) 2009-09-01 14:19:02    

    रवि- श्रोताहरु, हामीहरुले यताका केही हप्तादेखि ध्रुवजीले चीनको तिब्बतभ्रमणका क्रममा लेख्नुभएको डायरीलाई समावेश गरिरहेका छौं । अगिल्लो हप्ताको कार्यक्रममा उहाँले पोतला दरवारको साथसाथै भृकुटीको योगदानका बारेमा जानकारी दिनुभएको थियो । ध्रुवजी, तपाईं तिब्बतको ल्हासामा रहदाँ पोतला दरवारबाहेक अरु मन्दिरहरु पनि जानुभयो कि?

    ध्रुव- रविजी, वास्तवमा ल्हासा बसाइका क्रममा म चोखाङ्ग मन्दिरलगायत अन्य ठाउँहरु पनि गएको थिएँ । पोतला दरवारजस्तै तिब्बतीहरुको लागि अत्यन्तै महत्त्वपूर्ण अनि नेपालीहरुले छुटाउनै नहुने ठाउँ हो चोखाङ्ग मन्दिर । नेपाली राजकुमारी भृकुटीसँग विवाह गरेपछि तिब्बती राजा स्रोङ्गचोङ्ग गम्पो तथा उनका नेपाली रानी भृकुटी र चिनियाँ रानी वेन छङ्गले आजभन्दा झन्डै १३ सय ६० वर्षअगाडि उक्त जोखाङ्ग मन्दिरको निर्माण गरेका हुन् । त्यसैले त्यही चोखाङ्ग मन्दिरमा मैले देखेका कुराहरुबाट आजको कार्यक्रम सुरु गर्ने विचार गरेको छु ।

    रवि- हुन्छ ध्रुवजी । त्यो चोखाङ्ग मन्दिर त नेपालका मन्दिरहरुजस्तै देखिन्छ, होइन र?

    ध्रुव- रविजी तपाईंले ठिक भन्नुभयो । ल्हासाको मुटुमा रहेको चोखाङ्ग मन्दिरको छाना, गजुर, झ्याल र ढोका हेर्दा काठमाडौंकै पुरानो मन्दिरजस्तै देखिन्छ । मन्दिरभित्र आफ्नी जेठी श्रीमती नेपाली राजकुमारी भृकुटीलाई दायाँ र चिनियाँ राजकुमारी वेन छनलाई बायाँ राखेर बीचमा स्रोङ्गचोङ्ग गम्पो बसेको मूर्ति चोखाङ्ग मन्दिरको प्रमुख आकर्षकणको रुपमा रहेको छ ।

    रविजी, नेपालको सोपान मासिक पत्रिकाका प्रकाशक तथा चीन अध्ययन केन्द्रका सदस्य बासुदेव ढकालले तिब्बतभ्रमणपछि लेख्नुभएको नियात्रामा उल्लेख गर्नुभएअनुसार नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध बढाउने क्रममा तिब्बती राजा स्रङ्गचङ्ग गम्पोले सन् 6 सय 37मा नेपाली राजकुमारी भृकुटीसँग र सन् 6 सय 41मा चीनको थाङ्ग राजवंशकी एक राजकुमारीसँग विवाह गरेका थिए । शाक्यमुनीका अनेकौं बुद्धमूर्ति तथा महामञ्जुश्रीका मूर्ती एवम् बौद्धग्रन्थहरुले सजिएको त्यो चोखाङ्ग मन्दिरलाई तिब्बतकै पवित्रस्थल मानिन्छ । नेपालबाट भृकुटीले लगेका र चीनबाट वेन छङ्गले लगेका बुद्धमूर्तिहरु चोखाङ्ग मन्दिरमा प्रतिस्थापन गरिएकाले चोखाङ्ग मन्दिरलाई अति नै पवित्रस्थल मानी ल्हासा भन्न थालिएको रहेछ ।

    रवि- तिब्बती भाषामा ल्हासा भनेको नेपाली भाषामा पवित्र हुने रहेछ कि क्या हो ध्रुवजी ?

    ध्रुव- हजुर रविजी । मैले पाएको जानकारीअनुसार ल्हासाको नेपालीमा पवित्र भन्ने अर्थ लाग्ने रहेछ । पहिला चोखाङ्ग मन्दिरलाई मात्रै ल्हासा भन्ने गरिएको भए तापनि तिब्बत सहरभरि जताततै गुम्बा र बुद्धमूर्तिहरु रहेकाले विस्तारैविस्तारै पूरै सहरलाई नै ल्हासा भन्न थालिएको रहेछ । चीनको तिब्बतको सदरमुकाम ल्हासा नामाकरण हुनुमा नेपाली कोशेली शाक्यमुनी बुद्धको मूर्तिहरुको प्रमुख देन रहेको जानकारी पहिलो पटक ल्हासामा पाउदाँ म निकै खुशी भएको थिएँ । यो ऐतिहासिक सम्बन्धलाई म जहिले तिब्बत जाँदा तिब्बतेलीहरुले सम्झना गर्ने गरेको मैले पाएको छु । त्यसैले पनि हुनसक्छ कतिपय तिब्बतीहरुले नेपाललाई मामाघरसमेत भन्ने गरेका छन् ।

    रवि- श्रोताहरु,  आजको कार्यक्रममा हामीले चीनको सदरमुकाम तिब्बतमा रहेको पवित्रस्थल चोखाङ्ग मन्दिरको विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, यो गीतभन्दा अगाडि तपाईंले चोखाङ्ग मन्दिरको बारेमा बताइरहनुभएको थियो । अझै बाँकी छन कि चोखाङ्ग मन्दिरको बारेमा जानकारी दिन?

    ध्रुव- रविजी चोखाङ्ग मन्दिरको बारेमा बाँकी रहेका कुराहरु म अलि संक्षिप्तरुपमा राख्छु । 25 हजार 1 सय वर्गमीटर क्षेत्रफलमा रहेको चोखाङ्ग मन्दिर चार तालको छ । मन्दिरभित्र रहेका मूर्ति तथा अन्य पुरातात्विक बस्तुहरुको फोटो खिच्न भने शुल्क तिरेर मात्रै पाइन्छ । अनि फरकफरक ठाउँ र फरकफरक मूर्तिको फोटो खिच्नका लागि तोकिएको दस्तुर पनि फरक फरक छ । तर मन्दिरको बाहिरी भाग र छतबाट भने फोटो निःशुल्करुपमा खिच्न सकिन्छ । र, चोखाङ्गको छतबाट पृष्ठभूमीमा पोतला दरवार आउने गरेर फोटो खिच्नेको ठूलै भीड देखिन्थ्यो । नेपालका राजाको इच्छा र भृकुटीको आग्रहअनुसार चोखाङ्ग मन्दिरको मुल ढोका नेपालतिर नै फर्काइएको छ । अनि त्यहाँ देखिएका पर्यटकहरुको भीडले वास्तवमा त्यस मन्दिरको ख्यातिलाई प्रतिविम्बित गरेको प्रष्टरुपमा देखिन्थ्यो ।

    रवि- ध्रुवजी तपाईं तिब्बतको सबैभन्दा ठूलो मन्दिर ट्रेफुङ्ग गुम्बा पनि जानुभयो कि?

    ध्रुव- रविजी, पोतला दरवार र जोखाङ् मन्दिर त म प्रत्येक पटकको भ्रमणमा जादाँ पुगेका ठाउँ हुन् । तर तपाईंले अहिले भन्नुभएको ट्रेफुङ्ग गुम्बामा म एकपटक मात्रै गएको छु । त्यो गुम्बा ल्हासा सहरको पश्चिमी भागमा रहेको छ । 2 लाख 50 हजार वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको ट्रेफुङ्ग गुम्बा ल्हासाको मात्रै नभएर तिब्बतकै सबैभन्दा ठूलो गुम्बा पनि हो । ल्हासा पहाडको भित्तो र पहाडको फेदको भिरालो ठाउँमा रहेको उक्त गुम्बा पुग्नुभन्दा अगाडि टाढाबाट हेर्दा एउटा बाक्लो गाउँजस्तो देखिएको थियो । म पोतला र जोखाङ्ग मन्दिर गएको बेलामा त्यहाँबाट पनि त्यो गुम्बा देखिएको थियो भने ल्हासाका अन्य भागबाट पनि ट्रेफुङ्ग गुम्बा सजिलै देख्न सकिन्छ रे । पहिले तिब्बतका शासक तथा धार्मिक नेता दलाई लामा र धर्मगुरु पञ्चेन लामा ट्रेफुङ्ग गुम्बामा नै बस्ने गरेकोमा पाँचौं दलाई लामाको पालादेखि पोतला दरवारमा बसेर कार्यसञ्चालन गर्न लागेका रहेछन् । ट्रेफुङ्ग गुम्बा सन् 1417मा चुङ्ग खम्पोले बनाएका रहेछन् । ट्रेफुङ्ग गुम्बालाई तिब्बतकै प्रमुख र जननी गुम्बा मानिने रहेछ । किनभने दलाई लामा र पञ्चेन लामाले पहिला शिक्षादीक्षा लिने पहिलो ठाउँ नै ट्रेफुङ्ग गुम्बा हो । पछि गएर दलाई लामाले पोतला दरवारबाट राजकाज गर्न थाले भने पञ्चेन लामा सिगात्चे गएर धार्मिक अनुष्ठमा लागेका रहेछन् । लेखक बासुदेव ढकालको अनुमानमा समेत ट्रेफुङ्ग गुम्बामा रहेको बुद्धमूर्ति र पुस्तकहरुको संख्या लाखौंमा हुनसक्छ ।

     

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040