china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    1 अगस्त 1955का लागि हार्दिक मंगलमय शुभकामना चौथो भाग
    (GMT+08:00) 2009-09-02 15:06:29    

             सन्तपुर गा.वि.स. (म.) विरेन्द्र बजार रौतहटमा रहेको श्री शैलेस्थान सी. आर. आई. मैत्री क्लवका अध्यक्ष भूपाल दास श्रेष्ठ सी.आर.आई नेपाली सेवाका पुराना र सक्रिय श्रोता हुनुहुन्छ। उहाँ सन् उनान्इस सय सन्तान्नव्वेमा सी.आर.आईको निम्तोमा चीनको भ्रमणमा आउनुभएको थियो। उहाँले चीन र नेपाल बीचको दौत्य सम्बन्ध स्थापित भएको चौवनौ वार्षिकोत्सबको उपलक्ष्यमा ईमेलबाट नेपाली सेवालाई हार्दिक शुभ कामना व्यक्त गर्नुभएको छ। उहाँले ईमेलमा भन्नुभएको छ

              हाम्रो क्लब श्री शैलेस्थान सी. आर. आई. मैत्री क्लबका नयाँ सम्पर्क कार्य समितिका सदस्य लगायत यस समितिका साधारण सदस्यहरुको तर्फबाट प्रथमत नेपाल र चीन बीच दौत्य सम्बन्ध स्थापित भएको 54 औं वार्षिकोत्सव र नयाँ चीन स्थापना भएको 60 औं वार्षिकोत्सवको शुभ अवसरमा सी.आर.आई.का वर्तमान निर्देशक , सी.आर.आई. नेपाली सेवाका पदाधिकारी लगायत समस्त चिनिया मित्रहरुमा सदा सुख समृदि एवं उत्तोरोत्तर प्रगतीको मंगलमय शुभकामना हाम्रो यस श्री शैलेस्थान सी.आर.आई. मैत्री क्लबको तर्फबाट व्यक्त गर्न चाहन्छौं' ।

             नेपाल र चीन वीचको सदियौं देखिको दुई देशका जनताहरु माझको निस्वार्थ र स्वास्फूर्त रुपमा स्थापना भएको युगौ अघि देखिको हाम्रो दौत्य सम्वन्ध क्रमश: दरिलो ,प्रगाढ एवं आत्मीय बनाउन चिनीयाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कुरामा दुईमत हुन सक्दैन । यसरी सगरमाथा पारीका चिनिया मित्र र सगरमाथा वारीका हामी नेपालीवीचको मित्रताको साक्षी वन्दै आएको विशाल सगरमाथाको सेतो स्वाच्छ हिउ झैं पवित्र हाम्रो सम्वन्धलाई आउने हाम्रा सन्तनीले यस "वायु पुललाई" दुईदेश वीचको मित्रताको आधारशिलाका रुपमा व्याख्या गर्न सकून, यही शुभ कामना छ। आशा छ आउने दिनमा सी.आर.आई. को दरिलो माध्यम लगायत अन्य माध्यमबाट नेपाल र चीन बीचको युगौ देखिको गहिरो एबं प्रगाढ सम्बन्ध अझ विश्वासीलो एवं दरिलो हुनेछ र आउने पु'स्ताले समेत हाम्रो प्रयासलाई सार्थक एबं गौरवान्दित महसुस गर्ने छन् । नेपाल र चीन वीच दौत्य सम्वन्ध स्थापना भएको चौवनौ वाषिकोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्न चाहन्छु।

             काठमाण्डौ रातोपुलको मेमोरियल क्लेजमा पढदै गर्नु भएका मदन भण्डारीले पत्रमा नेपाल र चीनको मित्रताका लागि एउटा कविता लेखेर हामीलाई पठाउनुभएको छ। जसको शिर्षक छ– नेपाल चीन। अन्तमा हामी मदन भण्डारीजीको कविता प्रस्तुत् गर्दै छौ ।

    अब उहाँको कविता पढ्नुहोस्।

    सगरमाथा छायाँ मूनी नेपाल अनि चीन

    तयार छौं मित्रताको हात तिमीलाई दिन

    सी.आर.आईको तरङ्गमा यो नेपाली सेवा

    चेतनाको विस्तारमा दिन्छ ठूलो टेवा

    छिङ्गहाई तिवत रेलमार्ग र चीनको ग्रेटवाल

    कञ्चनजंघा, माछापुच्छरे हाँसिलो नेपाल

    अरनिको, गौतम बुद्ध अनि हरित तारा

    नेपाल चीन चिनाउने हामी सबका प्यारा

    हिमाल पारी हिमाल पारी खेल्दै लुकामारी

    चीन नेपाल आत्मियता कस्तो अजम्बरी

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040