
ल्हासा शहरको केन्द्रमा ठिङ्ग उभिएको पोताला दरवार ल्हासा शहरको द्योतकरुपी निर्माण हो। सन् 2002 देखि चीन सरकारले एक हजार तीन सय वर्षभन्दा बढी लामो इतिहास भएको यो निर्माण वस्तुलाई ठूलो परिमाणमा जोर्णोद्धार गरेको छ। तिब्बत स्वायत्त प्रदेशको पूरातात्विक सांस्कृतिक वस्तुको संरक्षण गर्ने महत्वपूर्ण परियोजनामा रहेको पोताला दरवारको जीर्णोद्धार कार्यले शुरुदेखि नै सबै पक्षको ध्यान आकर्षण गरेको छ।
अहिले तपाईंले सुनिरहनुभएको आवाज तिब्बती कामदारहरुले पोताला दरवारको केही हलभित्रको जमीन, छानो र भित्ताको जीर्णोद्धार गर्दा लेग्रो तानेर गाएको श्रम गीत हो। वास्तवमा पोताला दरवारको जोर्णोद्धार गर्ने हरेक ठाउँबाट त्यस्ता आवाज सुन्न पाइन्छ।

पोताला दरवार विश्वमा समुद्र सतहदेखि सबैभन्दा अग्लो ठाउँमा परेको र सबैभन्दा राम्ररी सुरक्षित रहेको प्राचीन दरवार समूहको हो। त्यो सम्पूर्ण निर्माण ढुँगा र काठले गरिएको छ। दरवारको छानोमा सुन जलप गरिएको ताम्र इंटाले ढाकिएको छ। हेर्दा त्यो सुनौलो किरणबाट चहकिलो, शानदार र भव्य देखिन्छ। जुन तिब्बती प्राचीन निर्माण कलाको निचोड हो। तर बनाइएको समय अति लामो भएको हुँदा अनि निर्माणको बनौट तथा प्राकृतिक वातावरण जस्ता कारणले पोताला दरवार भासिएको, भत्केको, भित्तामा चिरा परेको, काठमा किरालागेको र साबिक रुप बदलिएको जस्ता खतराजनक स्थिति देखापरेर भयङ्कर खतरा लुकेको देखियो। सन् 1959 देखि यता चीन सरकारले वर्षैपिच्छे त्यसको जीर्णोद्धार गर्न विशेष रकम छुट्याउँदै आएको छ। साथै सन् 1989 देखि 1994सम्म पोताला दरवारको पहिलो पटक ठूलो परिमाणमा जीर्णोद्धार गरेको थियो। फेरि सन् 2002 देखि यो दोश्रो ठूलो जीर्णोद्धार गरेको छ।
उक्त जीर्णोद्धार राम्ररी गर्न र पोताला दरवारको सम्पूर्ण वास्तुको वैज्ञानिक र विस्तृत रुपमा निरीक्षण र मूल्याङ्कन गर्नका लागि केही वर्षअघि चिनियाँ राष्ट्रिय पूरातात्विक सांस्कृतिक वस्तु व्यूरो र तिब्बतको सम्बन्धित विभागले र प्राचीन वास्तु, भूगर्भ र जल संभार जस्ता धेरै व्यवसायिक क्षेत्रका विशेषज्ञहरुलाई संगठित पारेर एक निरीक्षण टोलीको स्थापना गरे। आखिरमा पालना गर्नुपर्ने सिद्धान्त चाहिं "पुरानोको मर्मत गरेर पनि पुरानो जस्तै देखिनुपर्ने र पूर्व अनुहार बदलिन नहुने" भन्ने रहेको छ। यसप्रति पोताला दरवारको संरक्षण र जीर्णोद्धार कार्यमा संलग्न हुनुभएका तिब्बती प्राचीन वास्तु विशेषज्ञ एवम् तिब्बतका प्रसिद्ध उच्च शील्पकार ङावाँग लोड्रोले निकै प्रभावित भएर भन्नुभयो- पोताला दरवारको भित्तेचित्र अरु भित्ते चित्रभन्दा फरक छ। विशेषज्ञहरुले एकदमै विवेकशील रुपले पुनः टालटुल गर्ने काम गरेका थिए।
"उप्कन सकेको चाहिं सकेसम्म उप्केका छन। उप्कन नसकेका चाहिं बलियो पारेका छन। भित्ते चित्र र भित्ताको लिउन नजोडिएको रित्तो ठाउँ भेट्टाइयो भने सानो परिधिमा त्यहाँ टालटुल गरे"।

क्रमशः
|