china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिका भ्रमण सन्तोषजनकः चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समितिका अध्यक्ष
    (GMT+08:00) 2009-09-11 18:25:44    

               अमेरिकाको भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ्ग कोले तीब्र राजनैतिक भेटघाट गर्नु भएपछि स्थानीय समयअनुसार दश तारिख साँझ अमेरिका मैत्रीपूर्ण समूहद्बारा आयोजित दिवा भोजमा भाग लिनुभयो। उक्त अवसरमा उहाँले "चीनको विकास तथा चीन-अमेरिका सम्बन्ध" शीर्षकमा भाषण पनि दिनुभयो। आफ्नो भाषणमा उहाँले 'सन्तोषजनक' भन्ने शब्दको प्रयोग गरी आफ्नो अमेरिका भ्रमणको निचोड निकाल्नुभयो। साथै उहाँले चीन तथा अमेरिकाले आपसी सहयोग सबल पारी पारस्परिक सम्बन्धको नयाँ परिस्थिति सिर्जना गर्ने आशा पनि प्रकट गर्नुभयो। विद्यमान मतभेद अरु देशको आन्तरिक मामिला तथा विकासमा हस्तक्षेप गर्ने निहुँ हुनु नहुने भन्ने कुरामा पनि अध्यक्ष उले जोड दिनुभयो। अब सुनौँ, हाम्रो रेडियोका सम्बाददाताले अमेरिकाबाट पठाएको विस्तृत विवरणः

                अध्यक्ष उको यस पटकको अमेरिका भ्रमण गत बीस वर्षयता, चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्षले गर्नुभएको पहिलो अमेरिका भ्रमण हो। अमेरिकी समयअनुसार, दश तारिख बेलुकी उहाँका लागि आयोजित दिवा भोजमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन, वाणिज्य मन्त्री ग्यारी लोक, माथिल्लो सदनका कामचलाउ प्रमुख दैनील इनौएलगायतका राजनैतिक व्यक्तिहरु एवम् अमेरिकाका विभिन्न क्षेत्रका लगभग पाँच सय जना व्यक्तिले भाग लिइ अध्यक्ष उको भाषण सुनेका छन्।

                 आफ्नो भाषणमा अध्यक्ष उले प्रशस्त नमुना तथा तथ्याङ्कको प्रयोग गरी चीनको विकास अवस्थाबारेमा जानकारी दिनुभएको छ। विश्व व्यापार संगठनमा चीनको प्रवेश भएयता, प्रतिवर्ष चीनले छ खर्ब अठहत्तर अर्ब अमेरिकी डलर बराबर उत्पादित वस्तुको आयात गर्ने गरेको छ र सम्बन्धित मुलुक एवम् क्षेत्रका लागि एक करोड चालीस लाख रोजगारी अवशर प्रदान गरिने भएको छ। ती तथ्याङ्कबाट हेर्दा विकास चीनले विश्वलाई गरेको योगदान हो र चीनको विकास विश्वसँग घनिष्ट सम्बन्ध भएको साथै विश्वको समृद्धि पनि चीनसँग अलग पार्न नसक्ने प्रतिविम्वित गरिएको छ। मतभेदले अन्य मुलुकको आन्तरिक मामिला तथा विकासमा हस्तक्षेप गर्ने निहुँ बन्नुहुँदैन। यसबारे विस्तृत रुपमा भन्दै अध्यक्ष उले भन्नुभयोः " केही क्षेत्रमा देश र देश बीचको फरक विचार अथवा मतभेदको अस्तित्व स्वाभाविकै कुरा हो। मतभेदले आपसी सहयोग क्रममा बाधा बन्नुहुँदैन र अन्य मुलुकको आन्तरिक मामिला तथा विकासमा हस्तक्षेप गर्ने निहुँ बन्नुहुँदैन। अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रीकरणलाई अघि बढाई विश्वको विविधता तथा विभिन्न मुलुकका जनताको छनौटको सम्मान गर्ने हाम्रो अडान छ। अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगरी आफ्नो विचार अरुमाथि नलाद्ने हाम्रो अडान छ। विचारको फरकता तथा मतभेदलाई निहुँ स्वरुप मानेर धर्म तथा भनाइको स्वतन्त्रताको नाउँमा थाइवान तथा तिब्बत स्वतन्त्रतापक्षधरलगायतका पृथक शक्तिको सर्थमन दिई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गतिविधिको हामी विरोध गर्दछौं।"

               चीनले शान्तिपूर्ण विकासको बाटोमा अडिगताका साथ हिँड्दै जाने कुराको पुनर्पुष्टि पनि अध्यक्ष उले गर्नुभयो।

                चीन-अमेरिका सम्बन्धबारे चर्चा गर्दै अध्यक्ष उले वर्तमान सम्बन्ध एउटा नयाँ ऐतिहासिक घडीमा रहिरहेको विचार व्यक्त गर्नुभयो।

                अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले दिनुभएको सम्बोधनमा चीनसँगको सम्बन्धको विकास गर्नु ओबामा सरकारको मुख्य लक्ष्य हो भन्ने विचार व्यक्त गर्दै भन्नुभयोः "चीन-अमेरिका सम्बन्ध नयाँ चरणमा प्रवेश भएको विश्वास राष्ट्रपति ओबामा तथा मैले लिएका छौं। चीनसँग बलियो सम्बन्धको विकास गर्नु ओबामा सरकारको मुख्य लक्ष्य हो र मेरो व्यक्तिगत प्राथमिकता पनि हो। ओबामा सरकार सत्तामा आएको शुरुमा अमेरिका तथा चीनले वार्ताको विस्तार गर्ने ठहर हामीले लियौं। किभने वार्ताको आधारमा हामीले अर्थपूर्ण उपलब्धि हासिल गरी भविष्यमा हुने सहयोगका लागि बलियो आधार बसाल्ने छौं।"

               चीन तथा अमेरिका दुवै पक्षले व्यवाहारिक कार्वाहीमार्फत आपसी सहयोग गर्ने इच्छालाई वास्तविक अवस्थातिर परिणत गरी आपसी सम्बन्धको नयाँ स्थिति सिर्जना गर्ने आशा अध्यक्ष उले व्यक्त गर्नुभयो।

               अमेरिकी वाणिज्य मन्त्री ग्यारी लोकले चीन तथा अमेरिकाबीचको सहयोग आर्थिक तथा व्यापारिक क्षेत्रबाट विस्तार हुने विश्वास व्यक्त गर्दै भन्नुभयोः "अमेरिका तथा चीनले विश्वको आर्थिक विकासलाई पुनर्स्थापना गरी त्यसको पुनरुत्थान गर्ने अवशर भएको साथै विश्व परिधिमा विद्यमान् समस्याहरुको समाधान गर्ने अवशर पाउने पनि हाम्रो विश्वास छ।"

                 अध्यक्ष उको अमेरिका भ्रमण सम्पन्न हुन लागेको छ। भ्रमणताका अमेरिकी राष्ट्रपति ओबामा, उपराष्ट्रपति जौसेफ बिदन, विदेशमन्त्री हिलारी क्लिन्टन एवम् दुईवटा सदनका प्रमुखहरुले चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ्ग कोसँग भेटघाट गर्दै धेरै मतैक्य हासिल भएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040