china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको 34 वार्षिकोत्सवको उपलक्ष्यमा श्रोताहरुबाट आएको शुभकामना तेस्रो भाग
    (GMT+08:00) 2009-09-15 14:09:16    

              दिपज्योति सी.आर.आई श्रोता क्लवका ऋषिराम पोखरेलले हामीलाई पठाउनुभएको " सफल नेपाली विभाग "नामक एउटा लेखमा भन्नुचयो -

              वर्तमान युगमा आएर बर्तमान श्रोताहश्रको चाहना बुझी सफल कार्यक्रम सन्चालन हुंदै आइरहेको नेपाली विभागलाई अझ दरिलो तरिकाबाट लानका लागि नेपाली विभागमा कार्यरत सबै कार्यकर्ताहरुलाई हार्दिक बधाई भन्दै श्रोताहरुको सुझावलाई अनुसरण गरि सफल नेपाली विभाग सन्चालन भइरहोस् भन्ने हामी सबै श्रोताको तर्फबाट असिम शुभ कामना दिन चाहन्छौं।

               सी.आर.आई. श्रोता क्लव राष्ट्रिय परिषद नेपालका सांस्कृतिक पिभागका प्रमुख मान बहादुर खत्रीले हामीलाई पठाउनुभएको इमेलमा भन्नुभयो-

               चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाले स्थापनाकाल अर्थात जुन महिनाको 25 तारिख देखि नै विश्वका कुनाकाप्चामा छरिएर रहेका आफ्ना प्यारा नेपाली श्रोताहरुलाई रेडियो, एफ. एम. पत्रिका तथा वेभसाइट मार्फत विश्व, चीन, नेपाल एवं विविध विषय वस्तुका बारेमा जानकारी गराउँदै आएको छ। चिनियाँ नागरिक भएर पनि विदेशमा नेपाली भाषा र साहित्यको उत्थान गर्न अहोरात्र जुट्नु भएका आदरणीय दिदीहरु कुसुम तथा केशरी मैयाले यस रेडियोलाई आजको विकसित अवस्थामा ल्याउन दिनरात लागि पर्नु भएको छ । उहाँहरुको नेपाली भाषा बोलाई, उच्चारण तथा लेखाईमा कुनै पनि विदेशीको अनुभव गर्न सकिदैन । उहाँहरु नेपाली भाषा बोल्दा जो सुकैलाई पनि नेपाली कि चिनियाँ भनेर ठम्याउन गाह्रो हुन्छ उहाँहरु नेपाली भाषा स्पष्टसँग बोल्न र लेख्न सक्नुहुन्छ । वर्तमान विभाग प्रमुख वर्षाजी तथा उप प्रमुख नेपाली भाषा यति शुद्ध तथा स्पष्ट बोल्नुहुन्छ कि हामी नेपालीहरुलाई नै

               इष्या जागेको छ। त्यसैगरी, नेपाली विभागमा कार्यरत आदरणीय दाजु लिउ होंग स्यांग, बहिनीहरु हिमा, मेघा, सुमेघा तथा मूनाको नेपाली भाषा निकै मिठो तथा प्रशसनीय नै रहेको छ। संक्षेपमा भन्दा सी.आर.आई. नेपाली सेवामा कार्यरत प्रमुख, उपप्रमुख, संचालक तथा कर्मचारीहरुको प्रसारण शैली, तौर र तरिका निकै स्तरीय रहेको छ। उहाँहरुले स्थापनाकालदेखि नै नेपाली सेवालाई समय सापेक्ष परिमार्जन, परिवर्तन एवं स्तरीय सेवा प्रदान गर्दै आइरहनु भएको छ । हामी नेपाली श्रोताहरु नेपाली विभागमा कार्यरत आदरणीय दाजु, दिदी एवं संचालकहरुप्रति हार्दिक आभारी छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040