 चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज पैचिङमा बोल्दै कुनैपनि मुलुकका अधिकृतले कुनैपनि तरिकाले दलाई लामासँग सम्पर्क गरेमा त्यसमा चीनले कडा विरोध गर्ने कुरा वताउनुभयो।
प्राप्त समाचार अनुसार, आजकाल केही विदेशी सरकारलेआफना अधिकृतलाई दलाई लामासँग भेट गर्न पठाएका छन्। यसबारे चर्चा गर्दै प्रवक्ता च्याङ युले परराष्ट्र मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, चीन सरकारको अडान स्थायी तथा स्पष्ट छ। हामीले दलाई लामाले कुनैपनि नाउँ तथा कुनैपनि हैसियतमार्फत कुनैपनि मुलुकमा चीनलाई अलग पार्ने गतिबिधि गर्ने दृढताका साथ विरोध गरेका छौं। यसका साथै हामीले कुनैपनि बाहिरी शक्तिले चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने कुराको कडा साथ विरोध गर्दछौं।
|