china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हाम्रा नियमित श्रोता कमल लम्सालबाट हार्दिक शुभ कामना दोस्रो भाग
    (GMT+08:00) 2009-09-17 14:34:42    

             त्यसैले यो मित्रता नेपाल र चीन दुबै देशका जनताका लागि कहिल्यै ननाशिने विशाल निधि हो । नेपाल र चीन दुबै देशका पूराना र नयाँ नेताहरुले आ-आफ्नो बुद्धि, विवेक, दर्शन र अनवरत प्रयासबाट नेपाल र चीनबीचको सम्बन्धलाई फल्ने-फुल्ने अवसर दिलाएका छन । दुबै देशका नेताहरुको आधा सताब्दीभन्दा लामो समयसम्मको अथक प्रयासको परिणमस्वरुप राजनीतिक, आर्थिक तथा ब्यापारिक, सांस्कृतिक, शैक्षिक र अन्य क्षेत्रमा नेपाल र चीनबीचको सहयोग र आदान-प्रदानको प्रतिफलबाट दुबै देशका जनता लाभान्वित भएका छन । यस अथक प्रयासको प्रतिफलस्वरुप हाम्रा दुबै देशका जनताले यस प्रत्येक्ष लाभभन्दा पनि ठूलो कुरा हासिल गरेका छन, त्यो हो। दुइवटा फरक-फरक राजनीतिक-सामाजिक व्यवस्था भएका छिमेकी मुलुकहरुबीच विश्वमै उदाहरणीय बनेको मित्रवत सहयोग र शान्तिपूर्ण सह-अस्तित्वको वातावरण । नेपाल र चीनबीचको मित्रतालाई वर्षदेखि गति दिइरहेको चीन-नेपाल सम्बन्धको इतिहासलाई नियाल्दा तीनवटा स्पष्ट पक्षको पहिचान सजिलै गर्नसकिन्छ ।

             ती तीनवटा कुराहरु एक-अर्काप्रति विश्वास, समानतामा आधारित व्यवहार र वफादारिता हुन । यी दुइवटा देश एक-अर्कालाई सधैं सम्मान गर्छन, विश्वास गर्छन र सहयोग गर्छन । चीन सरकार अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अवलम्बन गर्दछ जसको परिणमस्वरुप चीनले जहिले पनि नेपालले आफै छानेको विकासको बाटोको सम्मान गर्दैआएको छ । चीनको यस्तो अहस्तक्षेपकारी नीतिका कारण पनि हाम्रा दुइ देशबीचको सम्बन्ध सधैं सुमधूर र विकसित अवस्थामा रहेको हो । प्छिल्ला वर्षहरुमा चीन र नेपालबीचको सम्बन्धमा अझ दु्रत गतिमा विकास भैरहेको छ । दुबै मुलुकका उच्च स्तरका नेताहरुद्बारा निरन्तर रुपमा एक-अर्का मुलुकको भ्रमण गरिएबाट आपसी सहयोगको वातावरणमा अरु सहजता देखापरेको छ, आपसी विश्वास र मित्रता अरु प्रगाढ बनेक छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040