china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अफगानीस्तानको राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक नतिजाद्वारा कार्जाइले पचास प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुभएको देखिएको
    (GMT+08:00) 2009-09-17 19:30:12    
             अफगानिस्तान निर्वाचन आयोगले हिजो राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ। अहिलेसम्म सम्पूर्ण मतदान केन्द्रको मत गणना कार्य सम्पन्न भइसकेको छ। अफगानिस्तानका वर्तमान राष्ट्रपति हामिद कार्जाइले गत महिनाको बीस तारिखमा आयोजित राष्ट्रपतीय निर्वाचनमा चौवन्न दशमलब छ प्रतिशत मत प्राप्त गर्नुभएको छ। सो आम निर्वाचनको अन्तिम परिणाम निर्वाचन उजुरी समितिले सबै उजुरीको समाधान गरेपछि सार्वजनिक गरिनेछ।

             अफगानिस्तानको निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार, करिब छपन्न लाख साठी हजार मतहरुमध्ये उहाँले तीस लाख नब्बे हजार मत प्राप्त गर्नुभएको छ भने कूल मतहरुमध्येको चौवन्न दशमलब छ प्रतिशत प्राप्त गर्नुभएको हो। अफगानिस्तानका भूतपूर्व विदेशमन्त्री अब्दुलाह अब्दुलाहले करिब पन्ध्र लाख सत्तरी हजार मत प्राप्त गर्नुभएको छ सो कूल मतहरुमध्येको सत्ताइस दशमलब आठ प्रतिशत प्राप्त गर्नुभएको छ। अफगानिस्तानका भूतपूर्व योजनामन्त्री, वर्तमान सांसद बशार दोस्टले करिब पाँच लाख बीस हजार मत प्राप्त गर्नुभएको छ भने कूल मतहरुमध्येको नौ दशमलब दुइ प्रतिशत प्राप्त गर्नुभएको हो।

               अफगानिस्तानको राष्ट्रपतीय निर्वाचन अगष्ट बीस तारिख आयोजना भएको थियो। पूर्वनिर्धारित् योजनाबमोजिम, सेप्टेम्बर सात तारिख अफगानिस्तानको निर्वाचन आयोगले निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक गर्ने तथा सेप्टेम्बर सत्र तारिख सरकारको औपचारिक नतिजा सार्वजनिक गर्नुपर्ने हो। तथापि प्रारम्भिक नतिजा दश दिन पछि सारिएको छ। यसबारे चर्चा गर्दै अफगानिस्तानको निर्वाचन आयोगका प्रवक्ता नुर मोहमद नुरले प्रारम्भिक नतिजालाई पछि सारिएको कारण केही "प्राबिधिक समस्या" भएको कुरा बताउनुभयो। तथापि जनमतअनुसार, अगष्ट बीस तारिख राष्ट्रपतीय निर्वाचनको आयोजना भएपछि अब्दुलाह अब्दुलाह लगायत उमेदवारहरुले निर्वाचनमा धाँधली भएको शंका व्यक्त गर्नुभएको कुरा नै आमनिर्वाचनलाई पछि सारिएको मुख्य कारण हो।

               युरोपेली संघीय निर्वाचन अनुगमन समितिले हिजो काबुलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अगष्ट बीस तारिखमा आयोजित राष्ट्रपतीय निर्वाचनमा पन्ध्र लाख मत शंकास्पद रहेका कारण ती मतहरु पुन:गणना गर्नुपर्ने कुरा बताउनुभयो। त्यसबारे जवाफ दिंदै कार्जाइ समूहले हिजै एउटा वक्तव्य प्रकाशित गर्दै युरोपेली संघीय निर्वाचन अनुगमन आयोगको भनाइ उत्तरदायी नभएको र त्यो अफगानिस्तानको संविधानविपरीत रहेको कुरा जनाएको छ। अफगानिस्तानको संविधानबमोजिम् मतदानमा भएको धाँधलीबारे निर्वाचन उजुरी समितिले मात्र निर्णय दिनसक्ने ठहर कार्जाइ समूहले गरेको छ।

              यसभन्दा अगाडि निर्वाचन उजुर समितिले अस्ति समस्त मुलुकमध्येको दश प्रतिशत मतदान केन्द्रको मतपत्र पुन:गणना गर्न आदेश दिएको थियो। निर्वाचन उजुरी समितिका अध्यक्ष गरान्ट किपेनले अस्ति बोल्दै अफगानिस्तानको दश प्रतिशित मतदान केन्द्र अर्थात दुइ हजार पाँच सयभन्दा बढी मतदान केन्द्रमा नियमविपरीत गतिबिधि भएको सम्भावना रहेकोले मत पुन:गणना गर्नुपर्ने कुरा बताउनुभयो।

             निर्वाचन उजुरी समितिले अहिलेसम्म निर्वाचनसम्बन्धी दुइ हजार उजुर लिएको छ। प्राप्त समाचारअनुसार, सबैभन्दा बढी धाँधली देखापरेको स्थान अफगानिस्तानको दक्षिणी भागमा रहेका मतदान केन्द्रहरू हुन्। यहाँ कार्जाइका सबैभन्दा बढी समर्थकहरु छन्। प्राप्त समाचारअनुसार, हिजो सार्वजनिक प्रारम्भिक नतिजामध्ये छ सयभन्दा बढी मतदान केन्द्रका मतपत्र रद्द गरिएका छन्। त्यसभन्दा अगाडि निर्वाचन उजुरी समितिले त्रीयासी मतदान केन्द्रका मतपत्र रद्द गरेको थियो।

             अफगानिस्तानको निर्वाचन कानुनबमोजिम, पहिलो चरणको मतदानमा उम्मेदवारले प्राप्त गरेको मत पचास प्रतिशतभन्दा बढी पुगेमा उहाँले विजय प्राप्त गर्नुहुनेछ। पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले प्राप्त गरेको मत पचास प्रतिशत नपुगेमा पहिलो चरणमा सबैभन्दा बढी मत पाउने पहिलो तथा दोस्रो उम्मेदवारले दोस्रो चरणको मतदानमा प्रतिस्पर्धा गर्नुहुनेछ। विश्लेषकका अनुसार, प्रारम्भिक नतिजामा कार्जाइले पचास प्रतिशत भन्दा बढी मत प्राप्त गरेतापनि मतको पुन:गणनापछि सार्वजनिक सरकारको औपचारिक नतिजामा उहाँको समर्थन दर घट्नसक्नेछ, त्यसैले उहाँले दोस्रो चरणको मतदानमा प्रतिस्पर्धा गर्नसक्नुहुनेछ।

              पूर्वनिर्धारित् योजनाअनुसार, दोस्रो चरणको मतदानको आवश्यकता भएमा त्यसको आयोजना अक्टोबरमा हुनुपर्छ। अफगानिस्तानको निर्वाचन उजुरी समितिका अध्यक्ष गरान्ट किपेनले अस्ति बोल्दै मतपत्र पुन:गणना गर्न केही साता लाग्ने कुरा बताउनुभयो। निर्वाचनको नतिजालाई पछि सारिएपछि दोस्रो चरणको मतदान गर्न अरु अप्ठयारो हुनेछ। दोस्रो चरणको मतदानलाई आगामी वर्षको वसन्त ऋतुमा सारिएको खण्डमा अफगानिस्तानको तालेवान सशस्त्र शक्तिका लागि आराम गर्ने सुअवसर ल्याइनेछ। उक्त अवस्था देखापरेमा अफगानिस्तानको परिस्थिति अझ जटिल हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040