china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    1 अगस्त 1955का लागि हार्दिक मंगलमय शुभकामना पहिलो भाग
    (GMT+08:00) 2009-09-22 14:51:54    

            सन् 1955 को अगस्त 1 तारीखका दिन चीन र नेपाल बीच दौत्य सम्बन्ध स्थापना भएको थियो। दौत्य सम्बन्ध स्थापना भएको 54 वर्ष वितिसकेको छ। वितेको 54 वर्षमा चीन र नेपाल बीचको दौत्य सम्बन्ध अग्निपरिझावाट उत्तीर्ण भएको देखिन्छ। चिनियाँ र नेपाली जनता, चीन सरकार र नेपाल सरकार बीचको मितेरी झन् झन् बलियो भइरहेको छ। यी दुई देशको सम्बन्धले विश्वलाई नमूना र आदर्शको रुप देखाएका छन्।

             आदरणीय श्रोताहरु, चीन र नेपाल बीचको दौत्य सम्ब्न्ध स्थापना भएको पचपन्नौं वार्षिकोत्सवको उपलक्ष्यमा हामी सी.आर.आई. श्रोता क्लव राष्ट्रिय परिषद नेपालको सांस्कृतिक विभागका प्रमुख मान बहादुर खत्रीबाट आएको लेख यसै अंकको " मितेरी पुल " मा राखेका छौं। मान बहादुर खत्रीद्बारा लेखिएको यस लेखमा चीन र नेपाल बीचको मैत्रिपूर्ण सम्बन्धको बयान चौतर्फी रुपमा गरिएको छ।

             उहाँको लेखमा भनिए अनुसार –

              विशाल मुलुक चीन, आफ्ना छिमेकी तथा विश्वका अन्य राष्ट्रहरुसँग मित्रताको हात फैलाउने कार्यमा एक नमूना मुलुकको रुपमा सुपरिचित भइसकेको छ । भौगोलिक रुपले सीमा जोडिएर रहेका हिमाली पृष्ठभूमिका दुई असल छिमेकी मुलुकहरु नेपाल र चीन बीच परापूर्वकालदेखि नै आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनैतिक रुपमा पनि घनिष्ट सम्वन्ध रहंदै आएको छ । सन् 1955 को अगस्त 1 तारीखदेखि औपचारिक रुपमा दौत्य सम्वन्धको स्थापना भएपछि यो सम्वन्धले झन झंगिने मौका पाएको छ । नेपाल र चीन बीच स्थापना भएको दौत्य सम्वन्धले आगामी अगष्त 1 तारीखमा 54 औं बसन्त पार गर्दैछ । नेपाल र चीन तथा नेपाली र चिनियाँ जनताको सवैभन्दा खुशीको क्षाणमा नेपाल, चीन, नेपाली तथा चिनियाँ जनताको उत्तरोत्तर प्रगतीको कामना गर्दै आगामी दिनमा दुई देश बीचको सम्वन्ध अझै गाढा र घनिष्ट बन्दै जाओस, मेरो हार्दिक मंगलमय शुभकामना । चिनियाँ इतिहासमा अगस्त 1 तारीखले बेग्लै किसिमको ऐतिहासिक महत्व बोकेको छ । एकातिर नेपाल र चीनको दौत्य सम्वन्ध अगस्त 1 तारीखमा स्थापना भएको थियो भने अर्कोतिर, चिनियाँ जनमुक्ति सेनाको पनि अगष्त 1 तारीखमा नै स्थापना भएको थियो । परापूर्वकालदेखि नै नेपाल र चीन बीच आपसी सहयोग र समझदारी रहदै आएको कुरा इतिहासका पानाहरुमा सूनौला अक्षरहरुले पोतिएको पाइन्छ । खासगरी, चीनले नेपालको आर्थिक, समाजिक, साँस्कृतिक तथा प्राविधिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। सन् 1955 को अगष्त 1 तारीखमा औपचारीक रुपमा दौत्य सम्वन्ध स्थापना भएपछि चीनले नेपाललाई हेर्ने र गर्ने सहयोगको क्षेत्रमा व्यापक विस्तार गरेको छ । त्यसैगरी, चीनले संकटको बेलामा नेपाललाई सधै माया, ममता र सहयोग प्रदान गर्दै आएको छ भने नेपाल र नेपालीको हरेक दु:ख र कष्टमा साथ दिएको छ । नेपालले आर्थिक लगायतका क्षेत्रहरुमा सहयोग गर्न नसके तापनि चीनलाई सधै एउटा असल मित्रको रुपमा यथाशक्य र हार्दिक सर्मथन जनाएको छ । चीनले उठाएका हरेक कदममा नैतिक समर्थन जनाएर, चीन विरोधी गतिविधिहरु हुन नदिएर तथा चीनले उठाएका कुटनीतिक पहलहरुमा समर्थन जनाएर, नेपालले असल मित्रको परिचय दिएको छ । चिनियाँ सरकारले थाइवानलाई लक्षित गरेर बनाएको राष्ट्रिय पृथकतावाद विरोधी ऐनको नेपालले समर्थन गर्दै, एक चीन नीतिप्रति दृढ समर्थन दोहोर्याएको छ । जसलाई नेपालले चीनप्रति देखाएको असल मित्रताको प्रतिकको नमूनाको रुपमा मान्न सकिन्छ। चीन नेपाल दौत्य सम्वन्ध स्थापनाको 54 औं वार्षिकोत्सको पूर्ण सफलताको कामना गर्दै नेपाल, चीन, नेपाली र चिनियाँ जनता साथै रेडियो तथा हामी श्रोताहरु बीचको सम्बन्ध दिन प्रतिदिन गाढा र घनिष्ट बन्दै जाओस । मेरो हार्दिक मंगलमय शुभकामना छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040