china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हाम्रा नियमित श्रोता कमल लम्सालबाट हार्दिक शुभ कामना तेस्रो भाग
    (GMT+08:00) 2009-09-24 15:36:29    

              चीन र नेपालबीचको हार्दिक र मित्रवत सम्बन्धको प्रतिफलस्वरुपमा पक्षीय आर्थिक तथा ब्यापारिक सम्बन्धको विकासले स्वस्थ गति पाएको छ । पछिल्ला वर्षहरुमा नेपाल र चीनका जनताबीचको सम्बन्ध अझ सहज हुनुका साथै यो सम्बन्ध अरु तिव्र गतिमा विकसित भैरहेको छ । सन् दुइ हजार दुइमा हाम्रा दुइ देशबीच सम्पन्न पर्यटनसम्बन्धी सहमतिको परिणी मस्वरुप चीन सरकारले चिनियाँ पर्यटकहरुका लागि नेपाललाई गन्तव्यको सूचीमा समावेश गरेपछि हाम्रा दुइ देशबीच जनता-जनताबीचको सम्बन्धमा अझ विकास हुने वातावरण बनेको छ ।

                त्यसैगरी सन् दुइ हजार चारदेखि नै चीन र नेपाललाई प्रत्यक्ष हवाई सेवाबाट जोडिएको छ भने शान्ति, विकास, मानव अधिकार र राष्ट्र संघमा सुधार जस्ता क्षेत्रीय तथा अन्तर्राष्टि्रय विषयलगायत आपसी चासोका विषयमा नेपाल र चीनबीच सधैं सहयोग र समन्वय हुँदैआएको छ । वर्तमान विश्वको मागलाई हेर्दा शान्ति, स्थायित्व, आपसी सहयोग र विकास आजका आवश्यकता हुन भन्ने कुरामा दुइमत हुनसक्दैन । यीनै आवश्यकतालाई आधार बनाएर हाम्रा दुइ देशबीचको सम्बन्धको विकास भैरहेको छ जसले दुबै देशलाई विकासका लागि ऐतिहासिक अवसर प्रदान गरेको छ ।

              यसै अवसरको फाइदा उठाई असल छिमेकीपन, मित्रता र सहयोगको सिद्धान्तमा आधारित हाम्रा दुइ देशबीचको सम्बन्धलाई अरु अघि बढ्ने अवसर प्रदान गर्नुपर्छ । हाम्रा एक-अर्का देशमा जे-जस्ता परिवर्तन भए पनि एक-अर्का देशप्रतिको मित्रवत व्यवहार र साझा विकासको नीतिमा कुनै परिवर्तन आउनुहुँदैन र आउने छैन पनि जसको परिणमस्वरुप हाम्रा दुइ देशबीचको समग्र सम्बन्ध अझै फल्ने-फुल्ने छ, झंगिने छ, विकसित हुने छ । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापित भएको चवन्नौं वार्षिकोत्सवका उपलक्ष्यमा यहीं मेरो हृदयदेखिको शुभ कामना छ ।

    कमल लम्साल, नेपाल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040