china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सी.आर.आई. र सीं.आर.आई. नेपाली सेवाको बारेमा संक्षीप्त परिचय पाँचौं भाग
    (GMT+08:00) 2009-09-28 10:07:40    

             सी.आर.आई नेपाली प्रसारण अब लक्का तन्नेरी भैसकेको छ । अब यो परिपक्क भैसकेको छ । सि.आर.आई. नेपाली सेवाको नया पुस्ता हुर्कीसकेको छ । यी नयाँ सहकर्मीहरुले निश्चय नै चीन र नेपाल यी दुई मुलुकका जनताको आशाअनुरुप मेहनतका साथ नेपाली भाषनको स्तरलाई बढाउन प्रयास गर्दै प्रयत्नका साथ आफ्नो काममा जुटेर नेपालीभाषा प्रसारण अर्थात हिमालयलाईपार गर्ने मित्रतारुपी यस वायु पुललाई झन बलियो र झन सुदृढ तुल्याउन सक्ने कुरामा सीं.आर.आई. पूर्ण विस्वस्त छ ।

              भविष्यतफ नजर पुर्याउदा सी.आर.आई. का अरु भाषा प्रसारणले झै नेपाली भाषा प्रसारणले पनि पक्कै पनि निरन्तर रुपमा नयाँ वाटो खोल्ने नयाँ धारणा र विचार प्रस्ततु गर्ने काम गर्दै अत्याधुनीक अन्तर्राष्ट्रिय रेडियो प्रसारण प्रणलीको स्थापना गर्नका लागि अथक प्रयास गरी रहेको छ ।

               अडतीस वर्ष अघी पैचीङ्ग वोडकटिङ्ग विश्व विद्यालयवाट स्नातक भएका दशजना जोशिला युवा-युवतीहरुले स्वर्गीय अध्यक्ष माओ च तंग र प्रधान मंन्त्री चाउँ एल लाईको निर्देशन अनुसार तत्कालीन केन्दि्रय ब्रोडकटिङ्ग मामिला व्युरो अन्र्तगत रेडियो पैंकिगमा आएर नेपाली प्रसारणको तयारी कार्य थाल्नु भएको थियो र सन् 1975 का जुन पच्चीस तारिकका दिन चिनवाट नेपाली भाषामा प्रसारण शुरु गर्न उहाँहरु सफल हुनुभएको थियो ।

               विगत तेतीस वर्षदेखि यता नेपाली प्रसारण रेडियो तरंग माफत चीन वारे विश्वलाई जानकारी गराउने भन्ने निर्देशन बमोजिम चीन तथा विश्व विभिन्न स्थानका वारेमा सुचनारुह नेपाली जनता सम्म पुर्याउदै आएको छ । व्यापक नेपाली श्रोताहरुले यस नेपाली प्रसारणलाई हिमालय पार गर्न मितेरी वायु पुल श्रोताहरुको ज्ञानको भण्डार र मन बुझने परम भित्र भनेर स्नेहपुर्वक प्रशंसा गर्ने गरेका छन् ।

               आज आएर यस नेपाली प्रसारण को शुरुवात गर्ने बुढा पाकाहरुमध्ये कोही सेवा निवृत भईसकेको छन् भने कसैले छिट्टै अवकास पाउने भएका छन् । तर उँहाहरुले शुरु गरेको नेपाली प्रसारण सदासर्वदाका लागि जीउँदै जग्दो भएर विकसित हुँदै जाने छ । सीं.आर.आई. नेपाली सेवा प्रसारणलाई राम्ररी अघी बढाउनु पर्ने भन्ने चिनको केन्द्रीय नेतृत्व को निर्देशन अनुसार नेपाली वेभ साईटलाई नेपाली नेट समुदायले निकै मन पराएका छन् । यसका अतिरित्त नेपाली विभागले नेटमाफत पनि श्रोताहरुलाई प्रशस्त सूचना दिने अभिप्रायले नेट सम्बन्धि काममा पनि निकै शक्ति खर्चेको छ ।

              रेडियो श्रोताका लागि हो र श्रोता विनाको रेडियो असफल रेडियो हो श्रोताहरुवाट आउने चिठि रेडियोको गुणस्तर जाँच्ने कसी हो तेतिस वर्षभित्र सीं.आर.आई.ले श्रोतावाट पाएका चिठीहरुको संख्या नेपाली भाषा प्रसारण शुरु भएको वर्ष सन 1975 मा एक सय चौधवटा वाट वर्ष पिच्छे बढ्दै गएको नेपाली विभागले हाल सम्म श्रोताहरुवाट इ-मेल , फ्याक्स गरी करिव दश लाख थान भन्दा वढी चिठी पत्र पठाई सकेका छन् ।

               हाल नेपालमा सात सय भन्दा बढी सी.आर.आई श्रोता कल्वहरु छन् तिनीहरुको छाता संगठन सी.आर.आई. श्रोता कल्वको राष्टि्रय परिषद नेपालले आफ्नो स्थापनाकाल देखि नै श्रोताहरु र सी.आर.आई बिचको सम्पर्कलाई बढाउन र चीन तथा नेपाल बिचको मित्रतालाई अरु सुदृढ पार्नका लागि अथक प्रयास का साथ अनेकौं ठोस कार्यहरु गर्दैं आएको छ । श्रोताहरुले सीं.आर.आई. प्रति देखाउनु भएकोमा अगाद माया ममताको प्रतिफलस्वरुप सीं.आर.आई.को निमन्त्रणमा 12 जना सक्रिय श्रोताहरुले चिनको भ्रमण गरिसक्नु भएको छ सी. आर.आई.ले पनि पटक-पटक आफ्ना प्रतिनिधि मण्डलहरु नेपाल पठाएको छ ।

              सन् 2003 को अप्रील महिनामा सी.आर.आई. का प्रथम उप-निर्दैशक छन् मिन यीकौ नेतृत्वमा रहेको सात सदस्यीय प्रतिनिधित्व मण्डल काठमाण्डौंमा आयो्जित वर्तमान चीन ज्ञान विज्ञान प्रतियोगिता को पुरस्कार वितरण समारोहमा सहभागि भएकोमा श्रोताहरु ठुलो प्रतिक्रिया जनाईएको छ । यस्ता मैत्रीपूर्ण आवत जावतहरुले श्रोता र सी.आर.आइ बिचको मित्रतालाई झन प्रगाढ तुल्याएको छन् साथै यसले सी.आर.आई. नेपाली प्रसारणका श्रोताहरुको सक्रियता र उत्साह निकै बढाएको छ ।

               विगत 30 वर्ष देखि सी.आर.आई. लाई सहयोग पुर्याउदै आउनु भएको नौ जना नेपाली विशेषज्ञहरुले नेपाली प्रसारणका लागि ठुलो योगदान गर्नु भएको छ र हाल पनि दुईजना विशेषज्ञ यथावत रुपमा जुटिरहनु भएको छ । स्वर्गीय बल्लभमणी दाहालजीले चीन सरकारवाट प्रदान गरिएका मैंत्री पुरस्कार समेत पाउँनु भएको थियो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040