china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नयाँ चीन स्थापना भएको 60 औं वार्षिकोत्सव श्रोताहरुबाट दिएका शुभकामना पहिलो भाग
    (GMT+08:00) 2009-09-29 11:04:16    

           अक्टुबर 1 तारिख जन गणतन्त्र चीनको स्थापना दिवस हो। यो वर्ष नयाँ चीन स्थापना भएको 60 औं वार्षिकोत्सव हो। यस्तो सुखद अवसरमा हाम्रा प्यारा श्रोताहरुले हामीलाई शुभकामना पठाएर आ-आफ्नो मनको भावना पोख्नुभयो।

            सी.आर.आई. श्रोता क्लव राष्ट्रिय नेपालको सांस्कृतिक विभागका प्रमुख मान बहादुर खत्रीले नेपालगञ्ज बिगतका वर्षहरु जस्तै यो वर्ष पनि अक्टुवर 1 तारीख नजिकिएर आउँदै छ । उ दिन हाम्रो घनिष्ट तथा मित्रराष्ट्र चीनको राष्ट्रिय दिवस हो । यस मुलुकले आगामी अक्टुवर 1 तारीखमा 60 औं राष्ट्रिय दिवस मनाउदै छ । जुन दिन चीन तथा चिनियाँ जनताले तानाशाही तथा दासप्रथाबाट सदासदाको लागि मुक्त पाएका थिए । सन् 1949 को अक्टुवर 1 तारीखमा हाम्रो अत्यन्त नजिकको छिमेकी तथा मित्रराष्ट्र जन गणतन्त्र चीन स्वतन्त्र भएको थियो । यस मुलुक स्वतन्त्र भएपछि, यसले आर्थिक क्षेत्रमा मात्र नभई हरेक क्षेत्रमा उन्नतिको शिखर चुम्दै विश्वका शक्तिशाली मुलुकहरुलाई पछाडी पार्दै गएको देखिन्छ ।

              यसले आर्थिक, सामाजिक, साँस्कृतिक, बैज्ञानिक, प्राविधिक तथा अन्य क्षेत्रमा गरेको विकासको प्रतिफल हाम्रो देश नेपाल र हामी नेपाली जनताले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पाइरहेका छौ । यस मुलुकले सानातिना कठिनाईहरु त न भोगेको होइन, तर मातृभुमिभन्दा हुरुक्क हुने चिनियाँ आँटिला तथा मेहनती जनताको साथमा बुद्धि, विवेकी तथा दूरिदर्शी चिनियाँ नेताहरुले समाधान गरिरहेका छन् र गर्ने पनि छन् भन्ने पूर्ण बिश्वास लिएको छु । चीनले आन्तरिक रुपमा रहेका सानातिना समस्याहरुलाई समाधान गर्न, बिगतका वर्षहरुदेखि मातृभूमिबाट अलगिएर रहेको चीनको अभिन्न अंग थाइवानलाई चीनले आगामी दिनमा मातृभूमिमा समाहित गर्न प्राथमिकता प्रदान गर्ने छ ।

              यसको साथै, अन्तर्राष्ट्रिय क्षेत्रमा बढ्दै गईरहेको गरीवी, बेरोजगारी, बैकिंङ संकट तथा नयाँ नयाँ रोगहरुको निर्मूल गर्नमा आफनो महत्वपूर्ण भूमिका निर्वाह गर्न नै छ भन्ने पूर्ण विश्वास लिएको छु । चीन तथा चिनियाँ मित्रबन्धुहरुको राष्ट्रिय दिवसको अवसरमा मित्रराष्ट्र चीन, चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ जनतामा मंगलमय शुभकामना व्यक्त गर्दै बिगतका दिनहरु भन्दा आँउदा दिनहरुमा उन्नति र प्रगतिको शिखर चुम्न अझ सफल हुदै जाओस, छोटो समयको अन्तरालमा नै विश्वको सर्वश्रेष्ठ मुलुक बन्ने सुभाग्य मिलोस, यहि नै मेरो हार्दिक मंगलमय शुभकामना। नेपाल चीन मैत्री सम्वन्ध अमर रहोस।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040