china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नयाँ चीन स्थापना भएको 60 औं वार्षिकोत्सव श्रोताहरुबाट दिएका शुभकामना दोस्रो भाग
    (GMT+08:00) 2009-09-29 11:05:32    

             तनहुँ गण्डकी अञ्चलमा रहेको राधा स्टेशनरी स्टोर्स एवं सी आर आई श्रोता कुञ्ज दुलेगौंडाका श्रोता श्री अप्सरा सापकोटाले चिनियाँ राष्ट्रिय दिवसको उपलक्ष्यमा हार्दिक अभिवादन व्यक्त गर्नुभएको छ। संदेशमा उहाँले यो सुखद अवसरमा नेपाली सेवा मार्फत तमाम चिनियाँहरुमा पनि नयाँ चीनको स्थापना दिवसले अझ आढी हर्ष र खुशी ल्याउन सकोस् भन्ने शुभकामना दिनुभयो।

             नयाँ चीनको स्थापनापछि चीनले आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक लगायत हरेक क्षेत्रमा ठूलो र उत्साहजनक प्रगति हासिल गर्दै गइरहेको छ । विशेष गरेर एक देश दुई व्यवस्था तथा सुधार र खुलापनको नीतिले चिनियाँ विशेषतायुक्त समाजको निर्माणमा चिनियाँ जनता, चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको योगदान वास्तवमा सम्पूर्ण विश्वकै लागि उदाहणीय बनेको छ ।भनिन्छ, छिमेकी बलियो र इमान्दार भयो भने आफ्नो घरको ढोकामा तालाचावी लगाउनुपर्दैन । हो, यस्तै समृद्धशाली र असल छिमेकी पाएका छौं हाम्रो नेपाल र हामी नेपाली जनताले ।

               त्यसैले छिमेकी चीनको उच्च विकास हाम्रो लागि पनि हर्षको विषय हो ।नयाँ चीन स्थापना भएको करिब 6 वर्षमा नेपाल र चीन बीच दौत्य सम्बन्ध स्थापना भएको हो । यो दौत्य सम्बन्धले दुबै देश बीचको परम्परागत, मैत्रीपूर्ण र प्राचीन सम्बन्धलाई अझ नयाँ उचाई दिएको छ । नेपालचीनबीचको मित्रतालाई नयाँ चीनको स्थापना दिवसले अझ अर्थपूर्ण बनाएको छ । नयाँ चीनको स्थापनापछि दुबै देशले एक अर्कालाई नि:स्वार्थ र सहयोग गर्दै आइरहेका छन् ।

               नेपालले सधै एक चीनको नीतिमा दृढतापूर्वक समर्थन जनाइरहेको छ भने नेपालमा मित्रराष्ट्र चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने कुरामा प्रतिवद्ध रहदै आएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय मामिलामा नेपालले चीनको सधैँ समर्थन गर्दै आइरहेको छ ।अर्कातर्फ चीनले नेपालको विकासका हरेक क्षेत्रमा आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गर्दै आइरहेको छ । चीन सरकारले तल्लो तहका नेपाली जनताले समेत फाइदा दिन सक्ने गरी राजमार्ग, अस्पताल, शिक्षालय, सभागृह, विभिन्न कलकारखाना बनाएर सहयोग गरेको छ । यो सहयोगलाई नेपाली जनताले उच्च मुल्यांकन गरेका छन् ।

              अझ सीमा जोडिएका दुई मुलुक भइकन पनि नेपाल र चीनबीच कुनै समस्या छैन । यस्तो सम्बन्ध बाँकी विश्वका लागि पनि अनुकरणीय बनेको छ । यी कुराहरुलाई नयाँ चीनको स्थापना दिवसबाट अलग राखेर हेर्न मिल्दैन । त्यसैले चीनको विकासमा 1 अरब 30 करोड चिनियाँ जनतासँग हामी साढे 2 करोड नेपाली जनता पनि खुशी र हर्ष बाड्न चाहन्छौं । नयाँ चीनले आगामी दिनहरुमा अझ बढी प्रगति हासिल गर्दै जाओस् भन्ने शुभकामना दिन चाहन्छौं ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040