china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मेलमिलापयुक्त विश्वको स्थापना
    (GMT+08:00) 2009-09-29 18:36:40    
           मेलमिलापयुक्त विश्व भन्ने शब्द हाल महत्वपूर्ण अन्तर्राष्ट्रिय समाजमाझ झन् झन् स्पष्ट हुँदैगएको देखिन्छ। त्यसमा उल्लेख गरिएको राम्रो अन्तर्राष्ट्रिय सम्बन्धको पनि झन् झन् बढी मुलुकले समझदारी र मान्यता दिएका छन्।

              हामीले आफ्नो इच्छाअनुसार सामाजिक व्यवस्था र विकासको बाटोको छनौट गर्ने विभिन्न मुलुकको अधिकारको सम्मान गर्नुपर्छ। हामीले समान र खुलस्त भावना लिएर सभ्यताको विविधताको संरक्षण गर्नुका साथै विभिन्न सभ्यताबीचको सम्झौता-वार्ता र आदान-प्रदानलाई मजबुत पारी सक्दो प्रयासमार्फत् विभिन्न किसिमका सभ्यतासहित् मेलमिलापयुक्त विश्वको स्थापना गर्नुपर्छ।

               सन् 2005को सेप्टेम्बर पन्ध्र तारिखका दिन संयुक्त राष्ट्र संघ स्थापना भएको साठीऔं वार्षिकोत्सवसम्बन्धी शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले सारा विश्वसामु "मेलमिलापयुक्त विश्व"को स्थापना गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उहाँले पहिलो पटक उक्त विचारधाराको निहित विषयलाई पूर्ण रुपमा प्रकाश पार्नुका साथै विश्वका विभिन्न मुलुकलाई आश्चर्य तथा विचार पनि ल्याउनुभएको थियो। श्री हुको सम्बोधनले विश्वसामु के सङ्केत् दिएको छ भने शान्तिपूर्ण विकास भएर दायित्वपूर्ण मुलुक बनी अन्य मुलुकसित शान्त, समृद्ध र मेलमिलापयुक्त विश्वको स्थापना गर्न चीन इच्छुक रहेको छ।

               मेलमिलापयुक्त विश्व भन्ने कूटनैतिक विचारधारा वास्तवमा चीनको परम्परागत विचार तथा संस्कृतिको ऐतिहासिक उद्गम पनि हो। चीनको जन-विश्वविद्यालयअन्तर्गत् अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानका उपप्रमुख चिन छान रोङ्ग यसरी भन्नुहुन्छ:

              मेलमिलापयुक्त विश्व भन्ने विचारधारा चीनको परम्परासँग घनिष्ट सम्बन्ध रहेको छ। जस्तै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा पनि "मेलमिलापयुक्त"भन्ने विषय पनि मौजुद छ।

              चीनको सामाजिक विज्ञान एकेडेमीअन्तर्गत् विश्व अर्थतन्त्र र राजनीतिक अनुसन्धान कार्यालयका उपप्रमुख वाङ्ग यी चौका अनुसार, "मेलमिलापयुक्त विश्व"भन्ने विचारधारा चीनको वैदेशिक पूरातात्विक हुनुका साथै नयाँ अवधिमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको प्रचार-प्रसार पनि हो। उहाँ यसरी भन्नुहुन्छ:

               बितेका साठी वर्षयता अधिकांश महत्वपूर्ण रणनीति तथा वास्तविक नीति लागु हुँदैआएको सिलसिलामा चीनको परराष्ट्र विचारमा पनि नयाँ परिवर्तन देखापरेको देखिन्छ। पचासको दशकमा हाम्रो शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त थियो भने साठी र सत्तरीको दशकमा हाम्रो तीनवटा विश्व भन्ने धारणा थियो। साथै पुरानो अन्तर्राष्ट्रिय राजनैतिक र आर्थिक परिपाटीको परिवर्तन गर्ने विचारले पनि नयाँ अन्तर्राष्ट्रिय सम्बन्धलाई सक्रियताका साथ अघि बढाएको छ।

               अन्तर्राष्ट्रिय परिस्थितिमा रहेका अस्थिर र अनिश्चित तत्वहरुले विश्व शान्ति तथा विकासका लागि गम्भीर चुनौती पनि ल्याएको छ। यसैले शान्ति, सुखमय र विकास हुनु नै मानव जातिको समाज विकास हुने मुख्य प्रवृत्ति बनिसकेको छ।

               संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तको अक्षरश:पालना गर्ने पूर्वाधारमा चीन सरकारले "मेलमिलापयुक्त विश्व"को स्थापना गर्ने कूटनैतिक विचारधारा प्रस्तुत गरेको छ। चीनद्बारा वास्तविक गतिबिधिमार्फत् मेलमिलापयुक्त विश्व भनी गरिएको ब्याख्याको झन् झन् बढी मुलुकले समझदारी र स्वीकार गरेका छन्।

               अमेरिकी समयअनुसार सन् 2009को सेप्टेम्बर तेईस तारिख दिउँसो संयुक्त राष्ट्र संघको महासभाको सामान्य छलफल न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित गरिएको थियो। त्यसक्रममा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले "एउटै जहाजमा चढेर संयुक्त रुपमा भविष्यको सिर्जना गरौं"शीर्षकको महत्वपूर्ण भाषण दिनुभएको थियो। उहाँले विश्वसम्बन्धी चीनको दृष्टिकोणबारे जानकारी दिँदै भन्नुभयो:

               अभूतपूर्व अवसर र चुनौतिको सामना गर्नका लागि अन्तर्राष्ट्रिय समूदायले हातमा हात मिलाएर अघि बढ्नुका साथै स्थायी शान्ति र साझा समृद्धि हुने मेलमिलापयुक्त विश्वको निर्माणमा जोड दिनुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040