
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले विदेशी पर्यटक तिब्बत जान सिमित नगरेको वताउनुभयो।

राष्ट्रिय दिवसको अवधिमा विदेशी पर्यटकहरु तिब्बत जान सिमित गरिएको समाचारको खण्डन गर्दै प्रवक्ता च्याङ युले उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, उक्त भनाई सत्य छैन। विदेशी पर्यटकहरुलाई तिब्बतको यात्रा गर्न हामीले कुनै पनि सिमा राखेका छैनौं। यस वर्षको राष्ट्रिय दिवसको लामो अवधिमा पर्यटकहरुलाई राम्रो सेवा उपलव्ध गारउनका लागि केही ट्राभल एजेन्सीले केही पर्यटक दलको तिब्बत जाने समय मिलाएका छन्। यो विदेशी पर्यटकहरुलाई तिब्बतको यात्रा सिमित गरिएको होइन।
|