
चीनको राज्य परिषदको पांचौं राष्ट्रिय जातिय एकता तथा प्रगति प्रशंसा समारोह आज पैचिङगमा आयोजना भयो । चिनियां कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव ,चीनका राष्ट्राध्यक्ष एवं चिनियां सैन्य आयोगका अध्यक्ष हु चिन थाउले उक्त समारोहलाई सम्बोधन गर्दै समानता , एकता तथा आपसी सहयोग र मेलमिलापयुक्त समाजवादी जातिय सम्बन्धलाई निरन्तर रुपमा सुदृढ र विकास गर्नुका साथै जातिय क्षेत्रको संरक्षण र जीवन-यापनको प्रक्रियामा सुधार गर्नु पर्ने बताउनुभयो।

ऊ पोङ्ग को, वन च्या पउ, च्या छिङ्ग लिङ्ग आदि चीनका नेताहरु पनि उक्त समारोहमा सहभागी हुनुहुन्थ्यो। समारोहमा राष्ट्रिय जातिय एकता तथा प्रगति सम्बन्धी 739 दृष्टान्त-नमूना समुह र 749 जना दृष्टान्त -नमूना मानिसहरुको सह्राना पनि गरिएको थियो।
|