china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा जातीय एकता तथा प्रगतिसम्बन्धी पुरस्कार वितरण समारोहको आयोजना
    (GMT+08:00) 2009-09-30 18:01:16    

         चीनको राज्य परिषद्को पाँचौं जातीय एकता तथा प्रगतिसम्बन्धी पुरस्कार वितरण समारोह हिजो पैचिङ्गमा आयोजना गरियो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष हु चिन थाउले त्यस समारोहमा उपस्थित हुनुका साथै सम्बोधन पनि गर्नुभयो। उहाँका अनुसार, चीनले निरन्तर रुपमा समान, एकताबद्ध, पारस्परिक सहयोगी र मेलमिलापयुक्त समाजवादी जातीय सम्बन्धलाई सुदृढ र विकसित पार्नुका साथै जातीय क्षेत्रलाई झन् सुनिश्चित पारी विभिन्न जातिका जनतालाई सुधार र विकासको उपलब्धिको उपभोग गराउने छ।

             सुधार र खुल्लापन लागू भएयता चीनको राज्य परिषद्ले बेग्लाबेग्लै गरी सन् 1988, सन् 1994, सन् 1999 र सन् 2005मा जम्मा चार पटकगरी जातीय एकता तथा प्रगतिसम्बन्धी पुरस्कार वितरण समारोहको आयोजना गरेको थियो। जसमा जम्मा दुई हजार चार सयवटा नमुनात्मक एकाइ र दुई हजार पाँच सय जनाभन्दा बढी विशिष्ट व्यक्तित्वलाई पुरस्कार वितरण गरिएको थियो। यस वर्षको समारोहमा पुरस्कार वितरण गरिएका व्यक्तिको संख्या विगतका दाँजोमा सबैभन्दा बढी छ। जम्मा सात सय उनान्चाचालीसवटा एकाई र सात सय उनान्चास व्यक्तिहरू पुरस्कृत् भएमा छन्।

             चीनमा जम्मा छपन्न जातिहरु छन्। हान जातिबाहेकका अल्पसंख्यक जातिको कूल जनसंख्या दश करोडभन्दा बढी पुगेको छ। जुन संख्याले चीनको कुल जनसंख्याको झण्डै आठ दशमलब चार प्रतिशत स्थान ओगटेको छ। नयाँ चीन स्थापना भएयता चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारले आफ्नो देशको अवस्थाबमोजिम् जातीय समानता, जातीय एकता, जातीय स्वशासित क्षेत्र र विभिन्न जातिबीचको साझा समृद्धिको आधारभूत विषयसहित् जातीय नीतिको तय गरेका छन्। यसबाहेक, चीन सरकारले अल्पसंख्यक जातिको जीवन-स्तरलाई माथि उकास्नका लागि अल्पसंख्यक जाति र जातीय क्षेत्रका लागि लाभान्वित हुने अनेकन् कदम पनि चालेको छ। हाल चीनको अल्पसंख्यक जातीय क्षेत्रको सामाजिक र आर्थिक विकास इतिहासको सबैभन्दा राम्रो अवधिमा प्रवेश भएको देखिन्छ।

             श्री हु चिन थाउका अनुसार, साठी वर्षको अनुभवबाट के स्पष्ट छ भने चीनको वास्तविक अवस्थाबमोजिम् दृढताका साथ जातीय समस्याको समाधान गरिने चीनको विशेषतायुक्त बाटोमा डटिरहँदैजाने छ। उहाँ भन्नुहुन्छ:

             साठी वर्षयता हाम्रो देशको जातीय एकता तथा प्रगति कार्यमा महान उपलब्धि प्राप्त भएको छ। यसले गर्दा हाम्रो पार्टी र जनताको कार्य निरन्तर विकास हुँदै जान, देशभित्र र बाहिरबाट आएका विभिन्न किसिमका कठिनाइ र चुनौतिलाई पराजित गर्न र समाजमा मेलमिलाप तथा स्थिरता कायम राख्नका लागि बलियो जग बसालेको छ।

             श्री हुका अनुसार, तथ्य कुराबाट के प्रमाणित छ भने चीनले जातीय समस्याको समाधानका लागि चालेको कदम सफल छ। जातीय नीति पनि ठीक छ। चीनले कार्यान्वयन गरेको जातीय स्वशासित क्षेत्र भन्ने व्यवस्था पनि एकदमै सही छ। उहाँ अगाडि भन्नुहुन्छ:

             छपन्नवटा जाति एकताबद्ध भएर मात्र चीन राष्ट्रको सशक्त जातीय शक्ति हुनसक्छ। इतिहासको महान कार्यको सिर्जना गर्नसकिन्छ। विभिन्न किसिमको कठिनाई र चुनौतीलाई पराजित गर्नसकिन्छ। मातृभूमिको एकीकरण र सुरक्षाको संरक्षण गर्नसकिन्छ।

             श्री हुका अनुसार, अल्पसंख्यक जाति र जातीय क्षेत्रको विकासलाई शिघ्र पार्ने कुरालाई वर्तमान जातीय कार्यको मुख्य कार्यभारको रुपमा व्यवहार गर्नुका साथै अझ सशक्त कदम चालेर जातीय क्षेत्रको आर्थिक र सामाजिक विकासलाई छिटो पार्नुपर्छ। साथै हरेक नागरिकले देशको कानून विपरित हुने, जातीय एकता र समाजको स्थिरतालाई ध्वस्त पारिने र जातीय पृथकतावादी गतिबिधिसँग संघर्ष गर्नुपर्छ। उहाँ यसरी भन्नुहुन्छ:

             हाम्रो देशका विभिन्न जातिबीच समाजवादी परिवारमा एकताबद्ध भएर मिलनसार व्यवहार गर्ने र मेलमिलापयुक्त रुपमा विकसित हुने कुरालाई ठूलो प्रयासमार्फत घच्घच्याउनुपर्छ। लगातार सामाजिक मिलमिलाप र स्थिरतालाई साकार तुल्याइन, देशको दीर्घकालीन शान्ति, चीन राष्ट्रको महान पुन:रुत्थान र मानव जातिका लागि अझ ठूलो योगदान गरिने सशक्त शक्ति बन्नका लागि प्रयास गर्नुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040