
चीनको राज्य परिषद्ले आज बेलुका पैचिङमा भव्य सत्कार समारोहको आयोजना गरेको छ। चिनियाँ कमन्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष हु चिन थाउलगायत् नेताहरु तथा चार हजार जनाभन्दा बढी चिनियाँ तथा विदेशी व्यक्ति सो सत्कार समारोहमा संलग्न हुनुभयो।
चीनका प्रधानमन्त्री वन च्या पाउले यस सत्कार समारोहमा उत्साहजनक सम्बोधन गर्नुभयो। उहाँले महान चिनियाँ जनता, महान चिनियाँ कम्युनिष्ट पार्टी, जीवन्त शक्ति भरिएको चिनियाँ विशेषतायुक्त समाजवादले वितेका साठी वर्षमा उत्कृष्ट उपलव्धि हासिल गरेको कुरा बताउनुभयो।
श्री वन च्या पाउले हामीले समग्र आर्थिक नीतिको निरन्तरता तथा स्थिरता कायम राख्नुपर्ने, अर्थतन्त्रको स्थिर तथा तीब्र विकास गर्नुपर्ने, विश्व अर्थतन्त्रको दिगो प्रबर्द्धनका लागि योगदान पुर्याउनुपर्ने कुरा पनि बताउनुभयो।
|